पोखरा । पोखरा महानगरपालिका वडा नं ११ ले ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरेको छ । पोखरा ११ मा क्रियाशील आमा समूह, क्लब तथा समाजका अगुवा कार्यकर्तालाई तालिम प्रदान गरिएको थियो । वडा सदस्य रनसुवा गुरुङको संयोजकत्वमा सुरु भएको तीन दिने तालिममा स्थानीय स्तरमा हुने विकास, संस्कृतिको जगेर्ना तथा टोलको सफाई देखि सुरक्षा सम्मका विषयमा ज्ञान प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा सदस्य गुरुङको अध्यक्षतामा भएको सभामा वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्याले नारी शक्तिको बारेमा बताउँदै अवको विकासको साझेदार महिला नै भएको धारणा व्यक्त गरे । वडा सदस्य विष्णुप्रसाद घिमिरे र सुशील बास्तोलाले वडाको समग्र विकासमा सवै समूह, क्लब तथा संघसंस्था संग सहकार्य गर्दै नमुना वडा बनाउन लाग्ने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सुशासनका लागि नागरिक समाज कास्कीका अगुवा भानु पराजुलीले प्रशिक्षण दिएका थिए । पोखरा ११ वडा कार्यालयका कर्मचारी अनिता गुरुङले सञ्चालन गरेको सभामा तालिममा सहभागी कविता पराजुलीले तालिमको समयावधि थप्नु पर्ने धारणा व्यक्त गरिन् ।
समापन गर्दै वडा सदस्य रनसुवा गुरुङले आगामी दिनमा तपाईहरुसँगै सहकार्य गरेर थप आकर्षक तालिम, गोष्ठी तथा पोखरा ११ लाई नमुना बनाउने उल्लेख गरिन् । उनले समृद्ध वडा बनाउेन महाअभियानमा जुट्न सहभागीलाई आग्रह गर्दैै भिन्न पहिचान र उद्देश्य बाकेर वडा कार्यालय अघि बढेको धारणा व्यक्त गरिन् ।