पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषा सम्पादन तालिमले पत्रकारको लेखनमा शुद्धता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले क्रियाशील पत्रकारका लागि आयोजना गरेको ३ दिने भाषा सम्पादन तालिम समापनको अवसरमा आइतबार प्रमुख आचार्यले त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।
प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिएका थिए । प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल, खिमाकुमारी गुरुङ लगायतले बोलेका थिए ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।