काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । मुलुकमा सुशासन कायम गर्दै संविधानको रक्षा, जनताको चाहना र सरकारका हरेक कार्यलाई मितव्ययी र पारदर्शी बनाउँदै देशलाई समावेशी विकाश मार्फत लोकतन्त्रको रक्षा गर्ने मौका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्राप्त गरेका हुन् ।
संघतर्फको १६ हजार ९ सय ६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८ सय २ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ ७ हजार ७ सय ७६ र संघतर्फ ७ हजार ७ सय ४२ गरी जम्मा १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।
मुलुकको प्रथम राष्ट्रपतिमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामबरण यादव निर्वाचित भएका थिए ।