काठमाडौं ।
नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव प्रधान कार्यालय सहित देशभरका २३ वटा शाखा कार्यालयमा मनाएको छ । प्रधान कार्यालयमा खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गरेका थिए भने शाखा कार्यालयहरुमा कार्यालय प्रमुखले कर्मचारीबीच एकता, उपभोक्ता हितमा छलफल गर्दै मनाएका छन् । वार्षिकोत्सव मनाउँदै नेपाल खानेपानी संस्थान पोखरा शाखामा कर्मचारीलाई पुरस्कृत गर्दै मनाएको छ । कार्यालय प्रमुख ई. आशिष कार्कीले शुभकामना दिदैं कर्मचारीलाई उपभोक्ताको पक्षमा काम गर्न आग्रह गरेका थिए । उनले कर्मचारीहरुलाई सम्मान गर्दै अनुशासित, ईमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न आग्रह गरे ।
पोखरा शाखाबाट पुरस्कृत उत्कृष्ट कर्मचारीमा लक्ष्मण पराजुली, दिलिप खाँड ठकुरी, रुपेश पाण्डे, अनिल शर्मा सुवेदी, राकेश चौधरी र मनबहादुर धामी रहेका थिए । विष्णुप्रसाद रेग्मीले संचालन गरेको सभामा लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी लगायतले शुभकामना दिँदै सक्षम र अनुशासित भएर सेवा गर्न सुझाव दिएका थिए ।
संस्थानको भद्रपुर शाखाबाट रामएकवाल पण्डित र कल्पना खतिवडा, विराटनगर शाखाबाट गोविन्दकुमार श्रेष्ठ, नरेन्द्रप्रसाद न्यौपाने, मनकुमार राई र परमेश्वर मण्डल छन् भने राजविराज शाखाबाट धिरेन्द्रकुमार यादव, दशरथ चौधरी र लक्ष्मण क्षेत्री सम्मानित भए । यस्तै लाहान शाखाबाट अधिकनारायण शाह र फलेन्द्र विष्ट सम्मानित भए । जनकपुर शाखाका विष्णुदेव साह र दिलिपकुमार साह, जलेश्वर शाखाबाट अजयकुमार प्रसाद छन् भने गौशाला शाखाबाट नगेन्द्रराज गौतम र छठु यादव सम्मानित भएको नेपाल खानेपानी संस्थान संस्थागत महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठले जानकारी दिए । मलंगवाबाट तेजनारायण शाह र सहदेव राय छन् । यस्तै गौर शाखाबाट कमला घलान र शिववचनी देवी, कलैया शाखाबाट सरोज काफ्ले र रामकुमार साह, विरगञ्जबाट रामऔतार पासवान, सन्दिपकुमार कर्ण र राधेश्याम महतो छन् ।
३४ औं वार्षिकोत्सवका अवसरमा हेम्जा शाखाबाट पवित्रा केसी र चन्द्रबहादुर मगर छन् । बुटवल शाखाबाट टिकाराम राना, अर्पणा श्रेष्ठ, सुलोचना अधिकारी र धृतनाथ ज्ञवाली पुरस्कृत भएका छन् । बुटवल खानेपानी आयोजनाबाट योगेन्द्र सारु छन् भने भैरहवा शाखाबाट सरलादेवी घिमिरे र रामअसारे धोवी, कृष्णनगर शाखाबाट शेषराम केवट र विजयकुमार विमल, तौलिहवाबाट रामशंकर तेली र कमल थारु छन् । बहादुरगञ्जबाट राजेन्द्र यादव पुरस्कृत भएका छन् । नेपाल खानेपानी संस्थान नेपालगञ्ज शाखाबाट सृजना वली र विजयकुमार पटहर, धनगढी शाखाबाट कलमबहादुर चौधरी, पुष्पाञ्जली विष्ट र ध्वजबहादुर साउद छन् । महेन्द्र नगर शाखाबाट विजय जोशी र मदनसिंह विष्ट छन् भने बनेपा शाखाबाट बैकुण्ठप्रसाद पुडासैनी, रामगोपाल बजगाँइ र भगवती भट्ट पुरस्कृत भएका छन् । मिनरल वाटर आयोजनाबाट प्रभाकर अर्याल पुरस्कृत भएका छन् । संस्थानको प्रधान कार्यालयबाट विश्वकुमार पोखरेल, निशा प्रधानाङ्ग, हिरोप्रसाद चौधरी, भगवती देवकोटा सारुमगर र जोशान्ता राउत पुरस्कृत भएको संस्थागत सेवा महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै विरगञ्ज शाखामा विरुवा रोपण गर्दै ३४ औं वार्षिकोत्सव मनाएको छ । कार्यालय प्रमुख ई. निरण महर्जनले कुनै न कुनै वर्ष नयाँ कार्यको थालनी गर्दैै वार्षिकोत्सव मनाउँदा आम कर्मचारीमा सकारात्मक भावना पैदा हुने बताएका थिए । प्रमुख महर्जनले संस्थानको गतिविधि नकारात्मक तर्फ अघि बढेको भन्दै सवै कर्मचारी मिलेमात्र संस्थानले गति लिनेमा जोड दिएका थिए । संस्थानले ७ हजार भन्दा धेरै धारा संख्या भएको मध्ये धनगढी शाखा प्रथम (शैलेन्द्र कुमार साह), बुटवल शाखा द्वितीय (मोहन भट्ट) र पोखरा शाखा तृतीय (आशिष कार्की) भएको घोषणा भएको थियो । ७ हजार भन्दा कम धारा संख्या भएको शाखा मध्ये पोखराको हेम्जा शाखा प्रथम (सन्तोषकुमार दास) भएका छन् ।
यस्तै नेपाल खानेपानी संस्थान भद्रपुर शाखा दोस्रो स्थानमा सफल भएको उक्त शाखाका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । यस्तै गौशाला शाखा तृतीय बन्न सफल भएको कार्यालय प्रमुख राकेश गोइतले जानकारी दिए । प्रधान कार्यालयमा भएको सभा उद्घाटन गर्दै खानेपानी मन्त्री अब्दुल खानले संस्थानमा कसैलेपनि राजनीति नर्गन चेतावनी दिएका थिए । उनले मिनरलवाटर योजनाबारेमा गरिएको भ्रम र यथार्थ बारे सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषाललाई ७ दिने लिखित अल्टिमेटम समेत दिएका थिए । मन्त्री खानले संस्थानको विनियमावली छिट्टै क्याविनेटमा लग्ने बताएका छन् ।
सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालको अध्यक्षतामा भएको सभामा खानेपानी मन्त्रालयका सहसचिव एवं कार्यवहाक सचिव शोभाकान्त पौडेल, संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद, सञ्चालक समितिका सदस्य निर कुमारी दर्लामी कुँवर र रमेश केसी, नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष केदार धमला, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समिर पण्डित लगायतले बोलेका थिए । २०४६ सालमा स्थापना भएको संस्थानमा हाल स्थायी २९९ र ३२२ जना करार गरी ६२१ जना कर्मचारी कार्यरत छन् ।
संस्थानको ३४ औं वार्षिकोत्सव कार्यक्रममा ४ र ५ तहमा करारमा कार्यरत कर्मचारीलाई ३ तहमा समायोजन गरी रोजगारको ग्यारेन्टी गरिनुपर्ने, विनियमावली छिटो भन्दा छिटो ल्याउनुपर्ने, शाखा विस्तार गर्नुपर्ने, दरवन्दी व्यक्ति मुखी तय नगरी संस्थागत हुनु पर्ने, संस्थानले मितव्ययीता अपनाउनु पर्ने, आर्थिक चलखेल निस्तेज पार्नु पर्ने, तहगत जिम्मेवारी प्रदान गर्नुपर्ने, कामको जिम्मेवारी नजिकपनलाई नहेरी क्षमता र दक्षतालाई हरेर दिनुपर्ने, समयानुकुल पानी महशुल बृद्धि गर्नु पर्ने लगायत विषय उठान गरिएको संघका अध्यक्ष धमलाले जानकारी दिए ।