पर्वत ।
राधाचन्द्र स्मृति प्रतिष्ठान पर्वतको १५ औं स्मृति दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न भएको छ । कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा स्थित काफाल चौर माध्यमिक विद्यालयमा ५ लाख १ सय ११ रुपैयाँको अक्षय कोष र सुर्य प्रकास माध्यमिक विद्यालयमा २ लाख १ सय रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी लाई नगद र दोसल्ला सहित सम्मान गरिएको थियो । समाजिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राधा गुरुङ र चन्द्र गुरुङ प्रति श्रद्धासुमन व्यक्त गरे । सभापति शर्माले राधा चन्द्रले आफ्नो जीवनकालमा प्रजातन्त्रलाई संस्थागत गर्दै समाजमा खेलेको भुमीकाको स्मरण गर्दै प्रशंसा गरे । सभापति शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा पछिल्लो समय राजनीति र नेता प्रति वितृष्णा आएको बताए । उनले राजनीति र सामाजिक सेवा गर्ने व्यक्तिले क्षणिक पद मात्रै नहेरी संधै सम्मान पाउने गरी काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा संविधान सभा सदस्य कांग्रेस पुर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, निवर्तमान संघीय सांसद लालकाजी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भक्त कुंवर, कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, राप्रपा केन्द्रीय नेता ईच्छा बहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला, प्रदेश सदस्य सिता काफ्ले लामिछाने, नेपाली कांग्रेस पर्वतका उपसभापति डा.चुडामणि शर्मा, निवर्तमान सचिव विश्व प्रकाश प्रसाईं, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु खगेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके, कांग्रेस पर्वतका बरिष्ठ नेता राम शर्मा पौडेल, राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, कुश्मा ३ दुर्लुङ्गका वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले स्मृती सभामा उनको सम्झना गर्दै देखाएको बाटो हिड्न सके राजनीतिक दलमा समस्या नआउने बताएका थिए ।

प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ र राधाचन्द्रको जीवनी र कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रेश्मी राज शर्माले जीवनी बारेमा उल्लेख गरेका थिए । प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षता भएको सभा प्रतिष्ठानका सहसचिव प्रितम गुरुङले स्वागत गरेका थिए भने संचालन सचिव उत्तम अधिकारीले गरेका थिए ।