पोखरा ।
गण्डकी विश्वविद्यालयका रजिष्टार डा. कैलाश तिमिल्सिनाले क्षमता र लगनशीलतालाई ध्यान दिएर विद्यार्थीले शैक्षिक यात्रा गर्न सुझाएका छन् । पोखरा लर्नस एकेडेमी स्कुलको १७ औं वार्षिकोत्सव उद्घाटन गर्र्दै डा. तिमिल्सिनाले कछुवा र खरायोको कथा सुनाउँदै पहिलो र दोस्रो पटकका बराबरी भएको जीत अन्तिममा कछुवाले जितेको स्मरण गराए ।
दौडेर र पौडेरमात्र सफल नहुने भन्दै रजिष्टार तिमिल्सिनाले प्राविधिक शिक्षामा जोड दिए । शिक्षक र अभिभावकलाई माया गर्न विद्यार्थीलाई ज्ञान दिएका उनले शिक्षाले शिष्ट र सरल बनाउने बताए । देशको आमुल परिवर्तन गर्न पोखरा लर्नस एकेडेमीका विद्यार्थी सक्षम भएको प्रस्तुतीका आधारमा आफुले पाएको भन्दै शिक्षा जीवन भएकाले निखारता ल्याउन आग्रह गरे । विद्यालयले १७ वर्षको उमेरमा डाइनामिक शैलीमा अघि बढेको उल्लेख गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनीलकुमार शाहीले संस्कार बदल्न सक्नु पर्नेमा जोड दिए ।
१७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थी र विद्यालय परिवारको मेहनेतको कदर गर्दै सक्षम र प्रतिश्पर्धी पाएको बताए । आधुनिक शिक्षा प्रणालीमा पोखरा लर्नस एकेडेमीले रुपान्तरण गरेकोमा खुसी व्यक्त गर्दै ढुंगाको मुर्तीको कथा सुनाउँदै समय र समाजलाई चिन्न विद्यार्थी र अभिभाकलाई आग्रह गरे । कार्यक्रममा पोखरा महानगर ७ का अध्यक्ष राममोहन आचार्यले सरकारी विद्यालयले गर्न नसकेको काम देशको चाहना अनुरुप निजी विद्यालयले पुरा गरेको बताए । हरेक विषयमा सहकार्य गर्न तयार रहेको बताएका आचार्यले पोखरा लर्नस एकेडेमीलाई पोखरामा सिमित नरही सिंगो देशमा पहिचान बोक्न सफल हुनेमा आफू विश्वस्त भएको उल्लेख गरे ।
विद्यालयका संस्थापक अध्यक्ष ईश्वरबन्धु गौतमको अध्यक्षतामा भएको सभामा संस्थापक प्रिन्सिपल विधान गौतमले १७ वर्षसम्मको यात्राले आफूलाई उर्जा थपेको बताउँदै सिर्जनशील क्षमता बृद्धि गर्न विद्यालय लागिपरेको बताए । जिम्मेवारी सक्षमताका साथ पुरा गर्न पोखरा लर्नस एकेडेमी लागिपरेको बताए । उनले नैतिकवान शिक्षा र खेलकुद मार्फत अभिभावकको चाहना र विद्यार्थीको भूमिका अनुरुप फलदायी, अनुशासन र आचरणमा ध्यान दिने बताए । राष्ट्रको नमुना विद्यालय निर्माण गर्न लागि परेको बताएका प्राचार्य गौतममले शिक्षक र कर्मचारी मैत्री विद्यालय निर्माण गर्दै लगिनेमा जोड दिए ।
स्वागत गर्दैै विद्यालयका सहप्राचार्य उष्णा गौतमले अभिभावकको चाहना अनुरुप विद्यालयले शैक्षिक यात्रा तय गरेको बताईन् । उनले विद्यार्थीको जीवनमा तव परिवर्तनको आभाष हुन्छ, तव विद्यालय स्थापित हुने धारणा राखिन् । वार्षिकोत्सवको अवसरमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।शिक्षक अनिता घिमिरे, कमला गुरुङ, विद्यार्थी जमुना राना, पार्षव गौतम दिया, मनिषा, अस्मिता, प्रकृति, निशा, समिक्षा, संगम, ऋतिक, सन्ध्या, आकृति, सृष्टी, सलिना, अमन, अभाष, गंगा, प्रतिक, आसिया, प्रगती, आदर्श, प्रसन्न, विवश लगायत विद्यार्थीले सञ्चालन गरेको सभामा विद्यालयका शिक्षक कृष्ण शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रका अगुवा बाबुराम पन्त, श्रीकृष्ण अधिकारी, विष्णु जिसी, मित्रबन्धु भट्टराई, ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालयका प्राचार्य, विश्वेश्वर पराजुली, चिनु रानाभाट, दण्डपाणि गौतम लगायतको सहभागिता रहेको विद्यालयले जनाएको छ । पोखरा सभागृह हलमा भएको कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यार्थीले विभिन्न जात, धर्म, संकृति जनाउने कथा, नाटक तथा गित मार्फत मनोरञ्जन दिलाएका थिए ।