पोखरा ।
निर्माण सामग्री बजार प्रतिनिधि संघ कास्कीमा नयाँ नेतृत्व चयन भएको छ । संघको पोखरामा सम्पन्न अधिवेशनबाट प्रेमकुमार खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । निर्माण संग सम्वन्धित सामग्री उपभोक्तामा जाँदा कम्पनीसँगको रिलेशन तथा व्यापारीबीच हुनुपर्ने सम्बन्ध कायम राख्दै आएको संघले विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । संघको उपाध्यक्षमा प्रकाश सापकोटा, सचिवमा हेमराज बराल, सहसचिवमा ताराबहादुर रानाभाट र कोषाध्यक्षमा मनोज वाग्ले सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत श्याम अर्यालले जानकारी दिए । अर्यालको नेतृत्वमा बाबुराम सापकोटा र ध्रर्व कुँवर निर्वाचन मण्डल रहेको समितिले सदस्यमा कुलेन्द्र पौडेल, विकास अधिकारी, गणेश पौडेल, रोषन भक्त श्रेष्ठ, सुरेश कुमार श्रेष्ठ र सुलक्षण रोक्का निर्वाचित भएका छन् । संघले पोखराको बजारलाई व्यवस्थित बनाउन क्रियाशील भएर काम गर्ने नवनिर्बाचित सचिव हेमराज बरालले जानकारी दिए ।