पोखरा ।
शहिद दिवस २०७९ मनाउने क्रममा पूmलबारी क्लब पोखराले खुला रक्तदान कार्यक्रम गरेको छ ।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि माघ १६ मा शहिदको सम्झना गर्दै खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पूmलबारी क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता भरतराज बास्तोलालाई ब्लड ब्याग हस्तान्तरण गर्र्दै कार्यक्रमको सुरुआत गरेका थिए । सभामा अध्यक्ष कर्माचार्यले क्लबले सामाजिक क्षेत्रमा अत्यन्तै राम्रो काम गरेको भन्दै वडा कार्यालय सधै सकारात्मक हुने बताए ।
पूmलबारी क्लबले रक्तदान गर्ने ७१ जना रक्तदाताहरुलाई मायाको चिनो स्वरुप पूmलबारी क्लबको लोगो अंकित टिर्सट प्रदान गरेको थियो ।
खुला रक्तदान कार्यक्रमको संयोजक क्लबका उपाध्यक्ष मनोज बास्तोला रहेका थिए । क्लबका सचिव जनार्दन बास्तोलाले सञ्चालन गरेको सभामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
खुला रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको थियो । क्लबले स्थानीय स्तरमा विभिन्न सामाकि कार्य गर्दै आएको सचिव जनार्दन बास्तोलाले जानकारी दिए ।