पोखरा ।
पोखरामा क्रियाशील पौवेगांैडे समाज पोखराले सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङलाई मंगलबार सम्मान गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ५ स्थित पौवैगौंडे जन्मेका गुरुङ समाजको आजिवन सदस्य हुन् । मन्त्रालयमा भएको सम्मान, बधाई तथा शुभकामना प्रदान कार्यक्रममा मन्त्री गुरुङलाई सम्मान पत्र, दोसल्ला र खादाले सम्मान गरिएको समाजका संरक्षक क्याप्टेन पुर्णबहादुर गुरुङले जानकारी दिए ।
समाजका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मन्त्री गुरुङलाई दोसल्ला ओढाउँदै अध्यक्ष रेग्मीले समाजको चौतर्फी हितमा मन्त्रालयको पूर्ण सहयोग हुनेमा विश्वास व्यक्त गरेका थिए । रेग्मीको नेतृत्वमा समाजका संरक्षक डा. ज्ञानबहादुर कार्की, उपाध्यक्ष कल्पना पौडेल रेग्मी, कोषाध्यक्ष विकास कार्की, सचिव दिपेन्द्रबहादुर आले, समाजका सदस्य खडानन्द रेग्मी, खिमकुमारी गुरुङ, कृष्णमान श्रेष्ठ, कृष्ण गुरुङ, रुद्रकुमार श्रेष्ठ, इन्द्रबहादुर गुरुङ, सञ्जु कार्की, शुभ रेग्मी, विक्रम गुरुङ, राजेश कार्की, हरिप्रसाद रेग्मी, नरेन्द्र रेग्मीको टोलीले सम्मान गरेको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार हरिश्चन्द्र रेग्मी, सोभियत कार्की, मोहन कार्की, कृष्ण विक्रम केसी, कलिमया रेग्मी, प्रदीप रेग्मी लगायतले मन्त्री गुरुङलाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका थिए । सम्मान ग्रहण गर्दै मन्त्री गुरुङले आफू समाज भन्दा वाहिर नजाने बताए । उनले समग्र गण्डकी प्रदेशको विकासमा आफ्नो ध्यान जाने बताउँदै समाजले सकारात्मक भएर सल्लाह दिन अनुरोध गरेका थिए । समाजले स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको छ । करिव २ सय ५० जना सदस्य रहेको समाजले विद्यालयमा भौतिक सामग्री प्रदान, नमुना विकासका गुरुयोजना, महिला विकास तालिम तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको कार्यक्रम सञ्चालक समाजका सचिव दिपेन्द्र बहादुर आलेले जानकारी दिए ।