पोखरा ।
पोखरा-२५ हेमजाको सेती किनार सहस्त्रधारा क्षेत्रको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।
पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाको नेतृत्वको टोलीले अव्यवस्थित टहरा हटाएको हो । सरकारी जग्गामा छिमेकी गाउँ घान्द्रुक, धादिङ साथै अन्य विभिन्न जिल्लाका बासिन्दाले कच्ची संरचना निर्माण गरेर सुँगुर, हास, कुखुरा पाल्दै आएका थिए । अस्थायी रुपमा नदी किनारमा बसोबस गदै आएका उनीहरुलाई विगत ३ महिना देखि टहरा हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरकाले वडा कार्यालयले वाध्य भएर डोजर नै लगाउनु परेको अध्यक्ष तिम्सिनाको भनाई छ ।
सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै आगामी दिनमा निर्माण नगर्न समेत वडा कार्यालयले आग्रह गरेको छ ।