पोखरा-
तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमनसहित फाईनल यात्रा तय गरेको हो ।

उपाधिको लागि यी दुई बीच शनिबार प्रतिस्पर्धा हुने छ । विजेता टोलीले ५ लाख रुपैयाँ नगदराशी प्राप्त गर्ने छ । उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।