पोखरा ।
पोखरा लर्नस एकेडेमी स्कुलको एक कार्यक्रममा स-सना विद्यार्थीलाई मोबाईलको लतमा फसाईएको छ भने छुटाउन अभिभावकसँग आग्रह गरेको छ । बुधबार भएको अभिभावक अभिमुखीकरण कार्यक्रममा विद्यालयले यस्तो आग्रह गरेको हो । पोखरा ७ माछापुच्छ्रे टोलस्थित कक्षा नर्सरीदेखि कक्षा ४ सम्मका आफ्ना अभिभावकलाई दिएको अभिमुखीकरणमा सहजीकरण गर्दै तपस नामक संस्थाका डाइरेक्टर मनिषा थापाले अभिभावकलाई सानै उमेरमा सिक्ने वातावरण नबिगार्न अनुरोध गरेकी थिइन् । विद्यालयका प्रिन्सिपल विधान गौतमले स्वागत गर्दै पोखरा लर्नस एकेडेमीले अभिभावकको चाहना अनुरुप शिक्षा दिन चाहेको बताए । उनले अभिमुखीकरणमा ध्यान दिन आग्रह गर्दै विद्यालयले प्रदान गर्दै आएको यस्ता रचनात्मक कार्यलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।
प्रिन्सिपल गौतमले विद्यार्थीलाई घरबाटै पहिलो शिक्षा हुने भएकाले भविष्यमा असल नागरिक बनाउन आजैका दिनदेखि सुधारका पहल गर्न सुझाव दिए । बालबालिका रिसाह हुने, झगडा गर्ने खालको हुने, एक्लै बस्न पन पराउने कारण भनेकै मोबाईल भएकाले आधुनिक शिक्षामा बाधा पुग्ने गौतमको भनाई थियो । १ सय ५० जना अभिभावक सहभागी अभिमुखीकरणमा राखेको जिज्ञासा प्रोगेसिभ टिचिङ लर्निङ सिस्टमलाई सहजीकरण गर्दै आएकी मनिषा थापा र प्रिन्सिपल गौतममा जवाफ दिएका थिए ।
एकेडेमीले बिहीबार सरस्वती पुजाका दिन अक्षराम्भ कार्यको थालनी समेत गराउने तयारी गरेको छ । सहभागी अभिभावकले विद्यालयले समय सापेक्ष विद्यालयले शिक्षा दिँदै आएको बताएका छन् ।