पोखरा । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहाले प्रदेशको कानून निर्माण गर्दा आम नागरिकलाई अपनत्व हुने गरी बनाउने बताएका छन् ।
मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै मन्त्री गाहले पत्रकारमाझ ५ वर्षको समयमा बन्न नसकेका कानून निर्माण गरी बनेका कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उनले बताए । प्रदेश कानून निर्माणलाई पूणर्ता दिएर आधारभूत तहसम्मका जनतालाई कानूनको प्रत्याभूति हुनेगरी काम गर्छु, उनले भने, ॅआम संचार विधेयक, प्रदेश प्रहरी नियमावली, दैवी प्रकोप तथा विपद नियमावली तयार पार्छु ।’ हामीले निर्माण गरेका कानूनले यस क्षेत्रका जनताले सुशासनको अनुभूति गर्न सक्नु पर्छ, उनले भने, ॅजनताको घरघरमा पुग्ने सरकार भएकाले कानूनी राज्यको सन्देश दिन सक्नुपर्छ ।’ आम संचार बिधेकलाई पूणर्ता दिँदै स्वतन्त्र प्रेसको पक्षमा कानून तयार हुने भनाई उनको छ । लोकतन्त्र प्राप्तिका लागि भूमिका खेलेका संचारकर्मीमाथि अंकुश लगाउने काम आफूबाट नहुने समेत बताए ।