पोखरा ।
पोखरा-११, रानीपौवा प्रधान कार्यालय रहेको सयपत्री बचत तथत ऋण सहकारी संस्थाले नेपाल सरकार गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार र शाखा अधिकृतसँग संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार, कर्जा उपसमिति, शिक्षा उपसमिति र कर्मचारीबीच सहकारी सम्बन्धी ऐन, नियम, कानुनका बिषयमा साथै वर्तमान सहकारी अवस्था र चुनौतीको विषयमा प्रशिक्षण साथै अन्तक्र्रिया भएको सहकारीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सहकारी रजिष्ट्रार रमेश घर्तीले हाल आर्थिक संकटका कारणले बैक तथा वित्तीय संस्थाहरुलाई मात्र नभई समग्र अर्थतन्त्रलाई असर पारिरहेको बताए । उनले भने। ॅयो चुनौती मात्र हैन, अवसर पनि हो, असल र सक्षम सहकारीहरुले यसलई एक अवसरका रुपमा लिनु पर्छ ।’ उनले भने यस्तो चुनौतीहरुलाई अवसरमा परिणत गर्न सहकारी क्षेत्रमा रहेका सहकारी प्रमुख नेतृत्व एवं लिडरहरु जसलाई सदस्यहरुले चुनेर पठाएका छन् उनीहरु आत्मसाथ गर्दै उच्च मनोवल बढाउँदै सक्रियताका साथ लागि पर्नु पर्ने बताए ।
सयपत्री सहकारी समुदायमा स्थापीत भईसकेको बताएका घर्तीले संस्थाको आर्थिक प्रगति समेत राम्रो रहेको बताए ।
रजिष्ट्रार कार्यालयका शाखा प्रमुख चोलाकान्त वाग्लेले संस्था संचालन गर्दा सर्वप्रथम सहकारी ऐन र उक्त एनेमा बनेका नियमावलीहरु राम्रो संग अध्ययन गर्न सवैमा अनुरोध गरे । संस्थालाई कस्तो बनाउने, कुन बाटोमा लैजाने, संस्थामा कार्यरत ब्यवस्थापक देखी मातहतका कर्मचारीलाई कार्यवातावरण अनुकुल बनाउने, निगरानी राख्ने सोका लागि नीति तथा कार्यविधि निर्माण गर्ने प्रमुख भुमिका संचालक समितिको हुने बताएका थिए ।

संस्थाका सहसचिव जनार्दन बाँस्तोलाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव बसन्तराज कोईरालाले गरेका थिए । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष टीकाबहादुर कार्कीले अन्तत्र्रिmया एवं प्रशिक्षण कार्यक्रमले संस्थालई निकै लाभ पुगेको र कार्यक्रममा सुझाव तथा सल्लाहलाई आत्मसाथ गर्दै सयपत्री सहकारी लाई अझै राम्रो बनाउँदै लग्ने धारणा राखे । उनले सदस्यमुखी सेवा र उत्पादन प्रति मोह बढाउनेमा जोड दिने उल्लेख गरे ।
कार्यक्रममा संस्था कोषाध्यक्ष रमेश शर्मा बाँस्तोलाले आर्थिक विवरण जानकारी गराएका थिए । १ अर्ब ९१ करोड वसालत भएको संस्थाको जम्मा निक्षेप १ अर्ब ४४ करोड, कर्जा लगानी १ अर्ब ५४ करोड, जगेडा कोष ८ करोड ३७ लाख, कर्जा ब्यवस्थापन कोष १० करोड ५० लाख, स्थिर सम्पत्ती ५ करोड ८० लाख, तरलता ब्यवस्थापन २१ करोड ७५ लाख (१५.१०%) र शेयर पुँजी १६ करोड ५३ लाख रहेको बताए ।
कार्यक्रममा सञ्चालक समिति, उपसमिति साथै कर्मचारीलाई सहभागीता गराई अन्तक्र्रिया गरिएकोले बजारमा सहकारीको अवस्था र हुनु पर्ने सर्तकता बिषयमा हरेक कोणबाट लाभ प्राप्त भएको संस्थाका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।