पोखरा ।
पोखरा महानगर पालिका वडा नं ११ मा अवस्थित महिला हक अधिकार, जनचेतना र महिलामा जागरण ल्याई उनीहरूको सवलिकरण र सशक्तीकरण गर्ने मुल उद्देश्यले स्थापित श्री सिद्देश्वर महिला समुहको २० औं साधारण सभा तथा ९ औं अधिवेशनबाट कमला अधिकारी वास्तोलाको अध्यक्षतामा निर्वाचित भएका छन् । समुहको उपाध्यक्ष दुर्गा वास्तोला, सचिव जमुना वास्तोला, कोषाध्यक्ष रजनी पौडेल वास्तोला, सह सचिव मन्जु अधिकारी चयन भएका छन् । सदस्यमा विधा वास्तोला, सरिता अधिकारी, सावित्रि वास्तोला, रजनी वास्तोला, लक्ष्मी वास्तोला, गीता वास्तोला, भगवती आचार्य, भगवती चिल्वाल, पार्वती वास्तोला, सिता वास्तोला, हरिमाया वास्तोला र वसुन्धरा वास्तोला रहेका छन् ।
समुहका अध्यक्ष उमा वास्तोलाको अध्यक्षतामा भएको सभा उद्घाटन गर्दै पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्यले महिला समुहले समाज र महिला हक अधिकार, जनचेतना र महिलामा जागरण ल्याई उनीहरूको सवलीकरण र सशक्तीकरणमा अग्रणी भुमिका खेलेको बताए । वडा कार्यालय संस्थासंग सहकार्य गरेर अगाडी वढ्न तयार रहेको समेत बताए । संस्थाका सचिव दुर्गा वास्तोलाद्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष कमला अधिकारी वास्तोलाले स्वागत मन्तव्य, वडा सदस्य शुशिल वास्तोला, रनसुवा गुरुङ, निर्वाचन अधिकृत नन्दप्रसाद आचार्य, संस्थापक अध्यक्ष शारदा वास्तोला, पुर्व अध्यक्ष रेवती वास्तोला, फुलवारी क्लबका अध्यक्ष हरिश्चन्द्र वास्तोला लगाएतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।