पोखरा । पोखराको अग्रणी समाजिक संस्था फूलबारी क्लब पोखराले बाह्र भैरव नृत्य प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पोखरा-११ फूलबारी स्थित सिद्वेश्वर शिब मन्दिर चोकमा नृत्य प्रर्दशनी हुने क्लबका अघ्यक्ष हरिश्चन्द्र बास्तोलाले जानकारी दिए । नृत्य सम्पन्न गर्न कार्यक्रम संयोजक मोहनप्रसाद बास्तोला, सह संयोजक हरिप्रसाद बास्तोला, सचिव जनार्दन बास्तोला, कोषाध्यक्ष मनोज बास्तोला र सदस्य दामोदर बास्तोला, नारायण बास्तोला, दीपक पौडेल, बिष्णु आचार्य, धर्मराज आचार्य लगातयको टिम सक्रिय भएको क्लबले जनाएको छ । फूलबारी क्षेत्रमा पहिलो पटक हुन लागेको भैरव नृत्यलाई स्थानीयले विशेषरुपमा हेरिरहेका छन् । पुस २२ गते हुने नृत्य प्रर्दशनीमा क्लबले सम्पूणर् तयारी गरिरहेको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए ।