पोखरा ।
स्पस्ट हिमाल देखिने, पोखरा त भन्नै परेन । त्यो पनि नजिकको दुरीमा । पोखराबाट २२ किलोमिटरको यात्रा तय गर्दा अर्थात् फोट्टिन माइल्सकै नामले स्थापना भएको पारिवारिक वातावरणमा रमाउन सकिने ठाउँ हो लेआर्ड । पोखरा २५ हेमजासँगै जोडिएको घट्टेखोला नजिकै मोहिपोथे भन्ने ठाउँमा हेमजाका पुरनबहादुर सापकोटाले बजारको हल्ला र भिडभाडलाई छल्न सकिने योजना बनाएर १० रोपनी क्षेत्रफलमा स्थापना गरे मनलाई शान्त बनाउने ठाउँ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अत्यन्त शान्त, सुन्दर र प्राकृतिक आनन्द प्रदान गर्ने आफ्नो उद्देश्य रहेको सुनाए पुनरले । भारतको विभिन्न सहरमा लामो समय विताएका पुरनले घर आँगनमा केही लगानी गरेर भिडबाट छोटो समय आनन्द लिन सकिने सपना सानै उमेरमा कल्पना गरेका सापकोटाले ६ वर्ष अघिदेखि नै उक्त ठाउँ खोजेर भाडामा सम्झौता गरेसँगै निर्माण कार्यमा जुट्दा समय लागेको बताए ।
मनमा शान्ति तव आउँछ, जव रमाईलो गर्ने वातावरण चाहिन्छ भन्ने राम्रो सँग बुझेका पुरनले एकै ठाउँमा २ सय जनाको संख्यामा रमाउन सकिने पिकनिक स्पोट बनाए । पिकनिक त वहाना मात्र हो भन्न मिल्ने गरी उनले उक्त क्षेत्रमा ८० देखि १०० जनासम्मलाई सहज हुने सेमिनार हल र १० वटा सुविधा सम्पन्न कोठा निर्माण गरे । प्रसस्त पार्किङ स्थल भएको १४ माइल्स रेष्टुरेन्ट पनि हो । मिठो स्वादमा पाक्ने परिकारले जो कोही पनि पुग्दा फेरी जाउँ जाउँ लाग्ने भएको त्यहाँ भेटिएका पटक पटक पुगेका राजेन्द्र पाण्डेसँग कुरा भयो । पाण्डेसँगको थप कुराकानीमा पोखराबाट नजिकै त्यो पनि विदेशको यात्रा गरेजस्तै पोखरा २५ हेमजको नयाँ रोडले पनि त्यहाँ पुग्दा थप आनन्द हुने गरेको सुनाए ।
३ करोड लगानी गरेका पुरनबहादुरले मन्दिर गएजस्तो बनाउन शिवको मुर्ती र घण्ट, बालबालिकलाई मात्र नभई सवैले खेल्न मिल्ने पिङ र माछा पोखरी, वाटर फाउन्टेन लगायतले सवैको ध्यान केन्द्रित हुने गरेको सुनाए । नाउडाँडाको उकालो लाग्दै गर्दा देखिने प्राकृतिक दृष्यले मनलाई शान्त बनाउँछ । फोट्टिन माइल्स रेष्टुरेन्ट तथा होटलमा नियमित १० जनाले रोजगारी पाइरहेका छन् भने आंशिक रुपमा २०-२५ जनाले काम गरिरहेका छन् । बजार क्षेत्रको बीचमा हुने सवारी साधनको हल्ला तथा अरु नयाँ कोलाहलबाट बच्न उक्त क्षेत्र प्रभावकारी देखेर नै सापकोटाले लगानी गरेको बताए । लाली गुराँस ढपक्क फुलेको दृष्य जो कोहीलाई पनि मन पर्छ, त्यही ठाउँमा यस्तै दृष्य मात्र होइन स्थानीय विभिन्न प्रजातिका अरु विरुवा जस्तै दालचिनी, फुलका विरुवाले समेत आनन्द मिल्ने फोट्टिन माइल्समा पुगेका पाण्डेजस्तै पारखीको भनाई छ ।