पोखरा ।
पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन संस्कृति मेला २०७९ अयोजना गर्ने भएको छ । समाजले नेपालका चर्चित हास्य कलाकार आदर्श मिश्रालाई निम्तो दिएको छ । पोखरा विश्वविद्यालयमा एक समारोहबीच कार्यक्रमका संयोजक शंकर शाहले मिश्रा आउने जानकारी दिएका हुन् ।
पुसको तेस्रो हप्ता देखि अयोजना गर्ने कार्यक्रम माघ १२ गते सरस्वती पुजाको दिन समापन गर्ने आयोजना रहेको जानकारी दिए ।
समाजले सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन सांस्कृतिक भिडियो प्रतियोगिता, सांस्कृतिक हाजिर जवाफ प्रतोयोगिता, सांस्कृतिक वक्तृत्वकला, टग अप़m वार, ट्रेजर हंट प्रतियोगिता, फ्ल्यास मोव, सरसफाई कार्यक्रम तथा सरस्वती पूजाको दिन माघ १२ गते विभिन्न सांस्कृतिक कार्यक्रम गरेर समापन गर्ने तय भएको कार्यक्रम म्यानेजर शत्रुधन शाहले जानकारी दिए ।
पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्य रुपमा मनाउने तयारी रहेको कार्यक्रमका डाइरेक्टर ज्ञानेन्द्र त्रिपाठीले बताए ।
कार्यक्रमलाई कीरु इन्जिनियरिङ कन्सलटेन्सी, भेनस इन्टरनेशनल कन्सलटेंसी, होटल सत्कार, रोबर्ट इन्वेस्टमन्ट, २०-२० रेस्टुरेन्ट, लियो क्लब अप़m जनकपुरधाम, अन्नपूणर् ल्याब, फारेस्ट स्पोर्ट्स अरेना, सेज विजनेस इन्टरप्राइजेज, सामाजिक केन्द्र नेपाल, गोदार मार्ट र ईदु हब लगायतको सहयोग रहेको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका डीन दयाराज ढकाल, अनुसन्धान केन्द्रका संस्थापक निर्देशक उमेश गुप्ता, पोखरा विश्वविद्यालय टिचिङ हस्पिटलका निर्देशक दिपेन्द्र यादव, अतिरिक्त क्रियकलापका निर्देशक युवराज त्रिपाठी, स्कूल अप़m हेल्थ साइंसका इन्स्ट्रक्टर भूपेन्द्र शर्मा, परीक्षा समितिका सदस्य राज पान्डे, प्राध्यापक संघका कोषाध्यक्ष रिषब खनाल र सल्लाहकार नमन राज शाह लगायतले कार्यक्रमका सफलतको कामना गरेका थिए ।