पोखरा । चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिएँ, काठमाडौंकै हावापानीमा हुर्किए । लेखक बुद्धिसागर कणर्ालीमा जन्मिएँ, त्यहीँको माटोमा पले बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो।
नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन हिजो आइतबार साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे।
कथा काठमाडौं शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चापागाइंमा छुटेको एउटा पि थप्न आएको हुँ। मलाई मेरो त्यो पि छुट्नु नै म यहाँ पुग्नु हो जस्तो लाग्छ । म भन्दा अगाडि मेरो फेमिलीबाट एक जना दाइ काठमाडौं आउनुभएको थियो, उहाँको मेन्टल प्रोवलम भयो। अनि हाम्रो परिवारमा चपाइंहरु काठमाडौं जान हुन्न बौलाउँछन् भन्ने भयो।
साथै एक जना सुभचिन्तक साथीले आफूलाई नेपाली साहित्यको गगन थापा भनेको र पहिलो पटक थापाको नाम त्यतिवेलै सुनेको पनि उनले बताए।
आफ्ना बाबुको काठमाडौं आउँदाको कथा र यहाँको भोगाइ बुद्धि सागरसँग बढी मिल्ने बताउँदै गगनले भने, मलाई कसैले घर कहाँ भन्यो भने म काठमाडौं भन्छु। मेरो बाले सोलुखुम्बु भन्नुहुन्छ। घर भनेको एउटा नेटवर्क पनि हो, बाल्यकालको कल्पनाशिलताको परिवेश पनि हो। घर भन्ने बित्तिकै म मेरो बाल्यकाल, खेलेको खेत मेरा आफ्ना कुरा सम्झन्छु। मेरा बासँग त्यो सबै सम्झना सोलुखुम्बुको छ।
काठमाडौं भनेको एउटा सहरको नाम मात्रै नभएर प्रवृत्तिको रुपमा आफूले बुझ्ने गरेको बुद्धिसागरले बताए।
काठमाडौंको बारेमा मेले सुनेको तीन चिज मात्रै थियो। एउटा रत्नपार्क, अर्को धरहरा र अर्को असन भन्ने ठाउँ छ। उनले भने, सबै कविहरुले आफ्नो आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ मेरो लागि काठमाडौं अवसर चाहिँ हो। काठमाडौं सहरको नाम भए पनि यो प्रवृत्ति हो जस्तो लाग्छ। जुन हामी बाहिरबाट जानेहरुले नै बनाएको हो।
काठमाडौंकै परिवेशको कथा रहेको बुदिध् सागरको भर्खरै प्रकाशित उपन्यासको प्रसंग सुरु गर्दै गगनले सोधे, यो पढिसकेपछि सहरमा अवसर छैन कि, दुखैदुख मात्रै छ कि जस्तो किन लाग्यो?
म आफूले पर्सनल नजरियाले देखेको चिजहरु गर्छु। जस्तो एक्लोमा कुनै नेवार पात्र छैन। किनभने काठमाडौंमा मेरो संगत नै भएन। ग्गनको प्रश्नलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौं त्यस्तो क्रुर छैन। अवसर सबैले पाउँछन् कसैले क्यास गर्छन्, कसैले सक्दैनन्। काठमाडौं एउटा स्प्रिङ जस्तो हो, तपाईंको वजन चाहिँ हुनुपर्यो।
ग्गनले काठमाडौं मुम्बइ, न्युयोर्क जस्तो बन्न याग्य सहर नरहेको भन्दै मानिसहरुले सपनाको सहर नाम दिएर काठमाडौंलाई भारी बोकाइरहेका त छैनौँ भन्ने जिज्ञासा राखे।
गगनलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौंमा अवसर छ जस्तो किन लाग्छ भने सबै चिज यहीँ छ। काठमाडौंमा जे छ त्यो सबै सहरहरुमा फैलिनुपर्छ जस्तो लाग्छ तर त्यो असम्भव छ।
काठमाडौं भित्र थुप्रै काठमाडौंहरु बनेको र अब काठमाडौं कसको हो? भन्ने अर्थ राजनीतिक प्रश्न सुरु भएको गगनले बताए। आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रको उदाहरण दिँदै उनले भने, मेरो वडाका वडाध्यले प्राप्त गरेको मत २ हजार हो। १०, १२ हजार मतदाता हुनुहुन्छ। तर त्यहाँ बसोबास गर्ने मान्छे एक लाख हाराहारी होला। कहिलेकाहीँ मैले यो सहरी संरचना कसको लागि सञ्चालन गर्ने हो? भन्नुहुन्छ। त्यहाँको रजिष्टर जनसंख्या १० हजार छ, जबकी मान्छे त बस्छन्। त्यो सहरको स्वास्थ्यको सुविधा घर हुनेले मात्र पाउने हो? भाडामा बस्नेले नपाउने हो? अथवा भाडामा पनि बस्न नपाउनेले पाउने कि नपाउने? सहर कसको हो? काठमाडौं कसको हो? तपाईंलाई के लाग्छ?
काठमाडौंमा म यहीँ छु भनेर देखाउने प्रमाण केही छैन। म तीनटा खाले काठमाडौं देख्छु। एउटा त्यहीँको स्थानिय जसको घर छ, अर्को पछि गएर घर बनाएका र अर्को पछि गएर घर बनाउने सपना बोकेका। बुद्धि सागरले भने, सामान्य हिसाबमा जसको घर छ काठमाडौं उसैको होला भनिन्छ। समग्रमा काठमाडौं विहानदेखि बेलुकासम्म पसिना बगाउने सबैको हो।
आफू काठमाडौं आउँदा विशालनगरको हिँड्ने भर्याङ देखेर छक्क परेको प्रसंग जोड्दै बुद्धि सागरले काठमाडौं मै जन्मे हुर्केका गगनलाई केके कुराले चकित बनायो भन्ने जिज्ञासा राखे।
गगनले भने, सायद पहिलो पटक मोबाइलले छक्क गरायो होला। हाम्रोमा टेलिभिजन हुने घर थियो, टेलिफोन हुने घर थियो। यसरी हेर्दा धेरै पटक सप्र्राइजहरु दियो। साथै आफूले हेर्दा हेर्दैै काठमाडौंका खोली बिग्रेर ध्वस्त भएको पनि उनले बताए।
आफू काठमाडौं आएपछि हेर्दा हेर्दै भुइँ कुहिरो र रुखहरु पनि हराएको बताउँदै पार्क, रुख, चराहरु, खोला आदिका लागि मानिसहरुले चासो दिने नगरेको बुद्धिसागरले बताए। साथै आवश्यकता तथा पाउनुपर्ने अधिकारका बारेमा धेरैलाई थाहा नभएको हो कि भन्ने जिज्ञासा पनि राखे। जसमा काठमाडौंमा चराको विषय, रुखको विषय आलोचना गर्नुपर्दा उठ्ने तर सार्वजनिक विमर्शको विषय कहिल्यै पनि बन्ने नगरेको कुरा गगनले जोडे।
पञ्चायत कालमा काठमाडौं उपत्यका संरक्षण्का लागि भएको प्रयास सम्झँदै गगनले भने, काठमाडौंको यो अवस्था हुनु हाम्रो कलेक्टिभ फेलियर हो। कहाँनेर गल्ती भयो जस्तो लाग्छ भने २०३५ सालमा काठमाडौंको सहरीकरणमा ध्यान दिएर अहिले नै व्यवस्थापनका लागि केही गरिएन भने अबको २०, २५ वर्ष पछिको काठमाडौंको हालत वेहाल हुन्छ भन्ने ठानेर डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं उपत्यका विकास प्राधिकरणको परिकल्पना गरेर त्यसको ऐन पनि पारित भएको रहेछ। त्यतिवेला काठमाडौंको नदि, वन, वातावरण सबै कुरालाई एउटै युनिटको रुपमा हेरे कसरी काठमाडौंको विकास गर्ने भनेर सोचिएको रहेछ।
तर, २०४६ सालको परिवर्तन पछाडि धेरै अवसरहरु आएको र एउटा सानो समय काठमाडौंले धेरै मानिसलाई तानेको उनले बताए। साथै त्यो वेलामा पञ्चायतका सबै कुरा छोडेर जानुपर्छ भन्ने क्रममा काठमाडौं उपत्यका विकास प्रधिकरणको बनिसकेको ऐन पनि छुट्नु काठमाडौ अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रहेको पनि उलने बताए। काठमाडौंको खोलानाला, वातवरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने पनि गगनले बताए।