पोखरा । गुरुङहरुको ऐतिहासिक स्थल कास्कीको पर्यटकीय गाउँ हो याङ्जाकोट । रमणीय गाँउमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने ।
कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका-३ याङजाकोटमा एक वर्षयता होमस्टे र रमणीय स्थल अवलोकन गर्न जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ । याङजाकोट संस्कृतिवीद् डा.जगमान गुरुङको जन्मस्थान पनि हो । पछिल्ला वर्षमा कास्कीका गाउँमा सडक र यातायातको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटक ति ठाँउमा सहजै पुग्न सक्छन् ।
पर्यटक लक्षित खुलेका होमस्टेमा बास बस्नका लागि यतिबेला दैनिक तीन-चार ग्रुप त्यहाँ पुग्ने गरेको जानकारी बिनम होमस्टे संचालन गर्दै आएकी खिमकुमारी गुरुङ बताउँछिन्।
दिनहुँको कामले हुने तनावबाट मुक्त हुन शान्त वातावरण खोज्दै पोखरा तथा आसपासका स्वदेशी पर्यटकहरु त्यहाँ पुग्ने गरेको जानकारी होमस्टे संचालकहरु बताउँछन् । पोखराको काँहुखोलाबाट १८ किलोमीटर सडक पारगरेपछि याङजाकोट पुग्न सकिन्छ । काँहुखोलादेखि कसेरी, सुनपँधेली, चितेपानी, मादबेँसी, तारकाङको माझाडिही हुँदै याङजाकोट पुग्न सकिन्छ । याङजाकोट पुग्नका लागि काँहुखोलादेखि माझाडिहीसम्म १२ किलोमिटर पक्की सडक छ भने ६ किलोमिटर कच्ची सडक छ ।
याङजाकोटमा यतिबेला नौ वटा होमस्टे संचालित छन् । त्यहाँ एक सय ३० जना पाहुँना राख्न सकिन्छ । मादी गाउँपालिकाको कार्यालय पनि त्यही स्थानमा भएकाले मानिसहरुको आउजाँउ झनै वढ्दै गएको छ । मादी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष विकास गुरुङले पछिल्लो समय गाउँमा पर्यटकको संख्या वढनुको साथै यहाँका एतिहासिक तथा पर्यटकीय स्थलको विकासमा वडाले जोड दिएको बताए ।
याङजाकोटसम्म पुग्ने ६ किलोमिटर सडक पनि पिच गर्न सक्यौ भने गाउँमा पर्यटक भरिभराउ हुने थिए वडाध्यक्ष गुरुङको छ । गाउँमाथिको क्रपु डाँडा पर्यटकीय रुपमा अत्यन्तै महत्वपूणर् मानिएकै कारण विदेशी पर्यटकलाइृ त्यहाँ पुर्‍याउन कच्ची सडक विस्तार गर्ने योजना गाउँपालिकाले राखेको जानकारी वडाध्यक्ष गुरुङले दिए ।
क्रपु डाँडामा हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लाग्ने गर्छ । गुरुङ र मगरले संचालन गर्दै आएको होमस्टेमा पर्यटकको आकर्षण वढी हुने गरेको छ । उनीहरुले दिने संस्कार र सेवाबाट नै पर्यटक आकर्षित हुने गर्छन ।
समुन्द्र सतहदेखि १४.५० मीटरको उचाईमा रहेको याङजाकोट पूर्वपट्टी फर्र्किएको गुजुमुच्च बस्ती छ । सूर्य झुल्कनासाथ सबैको घर आँगनमा घाम लाग्ने, २५० घर कुरिया याङजाकोमा पोखराबाट वनभोज खान जानेको संख्या पनि पछिल्लो समय वढ्न थालेको छ । आँखै अगाडि लमतन्न परेको अन्नपूणर् हिंमश्र्रृखलाबाट पनि पर्यटक आकर्षित हुने गर्छन, स्थानीय सुकवीर गुरुङले बताउनुभयो । तीन वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको संङख्या उल्लेख्य रुपमा बढेको जानकारी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ बताउँछन् ।
हिउँदमा हिउँ पर्ने, लाली गुराँस फुल्ने र वर्खामा भुँईभरि रंगीविरङगी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ । यहाँबाट सुर्योदयको दृष्य देखिनुका साथै अन्नपूणर् र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँहरु हेर्न सकिन्छ अध्यक्ष गुरुङले भन्नुभयो । सांस्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण याङजाकोट कास्की जिल्लाकै पर्यटकीय महत्वपूणर् आकर्षणको केन्द्र बन्न पुगेको भनाई गुरुङको छ ।
याङजाकोटबाट अन्नपूणर् हिमश्रृंखलाका साथै पोखरा उपत्यकाको केही भाग, पुम्दीको शान्ति स्तुप, शिव मन्दिर, सराङकोट, काँहूकोट तथा धरहरा, मादी नदी, पर्यटकीय स्थल थाक, मौजा, तप्राङ, खिलाङ, तारकाङ, मादबेँसी सैमराङका विभिन्न गाउँहरु अवलोकन गर्न सकिने जानकारी गाउँपाकिलाका अध्यक्ष देविजंग गुरुङले दिए ।