पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विशिष्टिकृत अनुसन्धान केन्द्र (पर्वतीय हरित अर्थतन्त्र)को उद्घाटन गर्दै उनले गण्डकी प्रदेश अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिए । “गण्डकी प्रदेश भन्नेवित्तिकै सम्भावना धेरै भएको ठाउँ हो”, उनले भने, “गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ, तपाईहरु अनुसन्धान तथा अनवेशणका लागि तयार हुनुहोस् ।”
विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै ९० दिनसम्म इन्टन्सिपको व्यवस्था बजेटमा गरिएको उल्लेख गरे ।
उनले १ सय ४० विद्यालयमा गत वर्र्ष र यसवर्ष एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताउँदै अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने बताए । शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने बताउँदै नाष्टले परिणाम आउने गरी काम गर्न निर्देशन दिए ।