पोखरा ।
जाण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको जनाएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष मोनिका थापाले १६ दिने अभियानको जानकारी दिइन् ।
महिला अधिकारलाई मानव अधिकारसँग जोड्दै स्वीकार गरेको क्लबले समान पहुँचको आधारमा प्रतिनिधित्व गराउने मुख्य लक्ष्य रहेको बताइन् । क्लबले शुक्रबार पृथ्वीचोकमा भिडियो प्रर्दशन गर्ने, २६ नोभेम्वर वाल्क द टल्क र भिक्टिम महिलाको आभाष भ्रमण लगायत कार्यक्रम गर्दै १६ दिने अभियान मनाउने भएको जनाएको छ ।
विभिन्न ६१ देशमा २१ हजार सदस्य रहेको जोण्टा क्लबले सीप, समय र ज्ञानलाई सदुपयोग गर्र्ने जनाएको छ । सन् २०१९ मा स्थापना भएको जोण्टा क्लब अफ पोखराले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।