पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ (२) मा नेपाली काँग्रेसका उम्मेदवार बिन्दुकुमार थापा विजयी भएका छन् ।
थापा ९२८० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेकी मिना गुरुङले ७९७१ मत प्राप्त गरेकी थिइन् । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३९०३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्रका श्रमिक घर्ती क्षेत्रीले ४६५ मत प्राप्त गरेका थिए भने नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले ३६६ मत प्राप्त गरेका छन् ।
२०७४ को निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित थापा संचारमन्त्री समेत हुन ।