पोखरा, १ मंसिर ।
एभरेष्ट बैंक लिमिटेडले पोखरामा थप नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमबीच पोखरा १७ बिरौटामा नयाँ शाखाको रुपमा सुरुआत भएको जनाएको हो । नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माको अध्यक्षतामा भएको शाखा उद्घाटन सभामा प्रमुख अतिथी अर्थविद डा. गणेश गुरुङले सेवाग्राहीलाई दिने सुविधा बैंकको गरिमा हुने बताए । समाजसेवी गुरुङले नेपाल र भारतबाट सहज कारोबार गर्ने एभरेष्ट बैंकको सेवाबाट भारतमा रहने नेपालीलाई बंैकिङ कारोबारमा सहज बनाएको बताए । उनले एभरेष्ट बैंकले उपभोक्ताको हितमा ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नेमा जोड दिएका थिए । शाखा विस्तार सामान्य विषय हुने बताएका नेशनल प्लानिङ कमिसनका सदस्यसमेत रहेका गुरुङले विना झन्झट सेवाग्राहीलाई सेवा र सुविधा प्रदान गर्न सक्नु पर्ने बताए ।
बैंकका मार्केटिङ प्रमुख पुष्पराज उप्रेतीको स्वागत तथा सञ्चालनमा रहेको सभामा बैंकका डिसिइओ विजयकुमार शर्माले बिरौटा शाखाबाट उपभोक्ताले सम्पूर्ण सेवा पाउने बताए । पोखरा महानगरपालिकामा न्युरोड, अमरसिंह, लेखनाथ तालचोक र भारतीय पेन्सन क्याम्पमा रहेको पेन्सन काउन्टरबाट सेवा दिँदै आएको एभरेष्ट बैंकले पोखरा बिरौटामा स्थापना भएको शाखाले बंैकमा आवद्ध सेवाग्राहीलाई थप सहज हुने बताए । नयाँ एटिएम मेशिनसहित सुरु भएको शाखाबाट जनअपेक्षा अनुरुप सेवा दिँदै लगिने गण्डकी प्रदेश प्रमुख सुधिर गौतमको भनाई थियो । गौतमले शाखा विस्तारको अवसरमा न्युनतम १ सय रुपैयाँमा खाता खोल्ने, निःशुल्क डेविड कार्ड, मोबाईल बैंकिङ, तलबी बचत खाता खोल्दा निःशुल्क सेवा दिने उल्लेख गरे ।
कार्यक्रममा भारतीय भूपू सैनिक गोर्खा ब्रिगेडका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले पोखरा १७ तथा आसपासमा रहेका पेन्सनकर्तालाई शाखा विस्तारले सहज बनाएको बताए । उनले भूपू सैनिकहरुको निर्णय तथा माग अनुरुप शाखा विस्तार भएकाले खुसी लागेको बताए ।
एभरेष्ट बैंकको शाखा विस्तारले व्यवसायीलाई सहज कारोबारमा टेवा दिएको भन्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले उद्योगी व्यवसायी र बंैक एकआपसमा परिपुरक भएको बताए । उनले व्यवसायीलाई कर्जा तथा आर्थिक कारोबारमा सहज बनाउन आग्रह गर्दै बैंकलाई संघले सहयोग गर्न तयार रहेको बताए । बिरौटा शाखाबाट कर्जा सुविधा, एटिएम सुविधा, पेन्सन लिने सुविधा तथा अन्य शाखाबाट प्राप्त गर्ने हरेक सुविधा उपलब्ध गराईने बिरौटा शाखा प्रबन्धक सुरजकुमार डंगोलले जानकारी दिए ।