पोखरा, २४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले दलहरुले राजनीतिलाई सुशासनमा बदल्न नसक्दा देश पछाडि परेको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीद्धारा बिहीबार पोखरामा आयोजित अबको नेपाल काँग्रेसको संकल्पमाथि छलफल विषयक अन्तत्र्रिmयामा बोल्दै प्रा.डा. पोखरेलले देशको राजनीति मूल नीति भएकाले नेताहरुले सिष्टम बनाइदिने हो, तर देश सिष्टममा नचल्दा नेपालको आर्थिक विकास दीर्घकालिन रुपमा अगाडि बढ्न सकेको छैन ।
बजेट बनाउछौ तर हाम्रा आर्थिक संरचना छदै छैनन्, जसले देशको अर्थतन्त्र चलायमान हुन सक्दैन डा. पोखरेलले भने, ‘देशमा बैदेशिक लगानी अभिवृद्धि गरेर भएपनि देशका युवालाई विदेशजानबाट रोक्नु पर्छ । राष्ट्रिय सवार्थलाई केन्द्रमा राखेर हामीले बैदेशिक नीति बनाउन जरुरी छ ।’
कार्यक्रममा अर्का अर्थविद् एवं काँग्रेस नेता डा.स्वर्णिम वाग्लेले काँग्रेसका संकल्प प्रसावलाई कार्यान्वयनमा ध्यान दिर्दै हाम्रा आचरणलाई समेत सुधार गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्र मजवुद बनाउन सक्यौभने मात्र हामी आर्थिक रुपमा अगाडि वढ्न सक्छौ, उनले भने, ‘हाम्रा योजनाहरु कार्यान्वयन गर्न राजनेताहरु सक्रिय हुनै पर्छ ।’
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई केन्द्रमा राखेर काँग्रेस अगाडि वढ्न जरुरी भएको बताए । हामीले यस देशको जनशक्ति नेपालमा नै बस्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रम नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको थियो ।