पोखरा, ३ कात्तिक । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लाक्षित गरि नेपाली कांग्रेस कास्कीद्वारा आज आफ्नै कार्यालय चिप्लेढुंगामा विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।

नेपाली कांग्रेस तथा गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई विजयी गराउनको लागि नेपाली कांग्रेस कास्कीका उपसभापति रामबावु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन भएको हो ।

जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँबरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शंकर ढुंगाना सचिव, विश्व शंकर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् ।

त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदिपमोहन भट्टराई, सदस्यहरुमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल, अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमला विन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरुमा ज्योति कोइराला र दक्षिणा सुवेदी रहेका छन् ।

प्रचार-प्रसार तथा मिडिया सेन्टर उपसमितिमा संयोजक गंगाधर पराजुली, सहसंयोजकमा सविना तिमिल्सिना, सचिवमा वर्षाकेशव पराजुली, बुथ व्यवस्थापन उपसमितिमा संयोजक खेमबहादुर गुरुङ, सहसंयोजक गणेश बस्नेत, सचिवमा विष्णु अधिकारी, सदस्यहरुमा अर्जुन गु्रुङ र तारादेवी गुरुङ रहेका छन् ।
उद्योग व्यवसाय तथा पर्यटन परिचालन उपसमितिमा संयोजक बावुराम गिरी, सहसंयोजकमा चौबहादुर गुरुङ, सचिव कसिरन मियाँ, महिला तथा आमा समूह परिचालन उपसमितिमा संयोजक सीता शर्मा, सह-संयोजक मिना परियार, सचिवमा लोक कुमारी गुरुङ र सदस्यहरुमा तारा बराल, लक्ष्मी लम्साल रहेका छन् भने निर्वाचन सम्बन्धि समन्वय उपसमितिमा संयोजक रामजी प्रसाद कोइराला, सहसंयोजकमा डा. दिपक सुवेदी, सदस्यहरुमा चन्द्रमाया गुरुङ र सराफत अलिमियाँ रहेको नेपाली कांग्रेस कास्की जिल्ला निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँबरले बताए ।