पोखरा, २८ असोज । नवौ राष्ट्रिय खेलकुदका अवसरमा भएको पोखरा-फेन्सिङको पुरुष ईपी टिम इभेण्टमा सशस्त्र प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको छ । शुक्रबार व्याडमिन्टन कोर्टमा भएको ईपी फाईनलमा विभागीय प्रतिस्पर्धामा आर्मीले सशसस्त्रलाई ४५–२८ स्कोरमा पराजित गर्दै स्वर्ण जितेको हो । बागमती र गण्डकीले कास्य पदकमा चित्त बुझाएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतफेन्सिङमा आर्मीले ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो । बागमतीले ४ स्वर्णसहित दोस्रो स्थानमा, सशस्त्र प्रहरीबल दुई स्वर्ण सहित तेस्रो र एक स्वर्णसहित सुदुरपश्चिम चौथो स्थानमा रहेको छ ।