काठमाडौं, २० असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन हुन नसके आशातीत उपलब्धि हासिल नहुने औंल्याएका छन् । अहिले सबै कुरा गठबन्धन बैठकमै अड्किएकाे छ ।
पार्टीभित्र छलफल र अन्तर्क्रिया हुन सकेकाे छैन। गुट व्यवस्थापनभन्दा पनि पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन जरुरी छ। नत्र गठबन्धन भए पनि आशातीत उपलब्धि हुन सक्दैन,” खवरबिज डटकम सँगको कुराकानीमा यस्तो बताएका हुन् ।
गठबन्धनले दुई महिनासम्म पनि सिटकाे टुंगाे लगाउन नसक्नु विडम्बना भएकाे उनकाे टिप्पणी छ। साथै उनले एकदुई सिटका लागि जनता समाजवादी पार्टीले लामाे सहकार्य नताेड्ने विश्वास समेत व्यक्त गरे । नेता महरले देश चुनावमा होमिएसँगै पार्टीभित्र व्यवस्थापन गर्नु पर्ने विषयलाई गम्भिर ढंगले समीक्षा गर्नु पर्ने समेत बताए ।
विद्यार्थी राजनीतिबाट उदाएका प्रखर नेता महरले गुटलाई स्थान नदिई जनताको चाहना र भावनालाई समेटेर पार्टीले थप कदम चाल्न सक्नु पर्ने बताए ।