पोखरा, १० असोज ।
कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमानै वसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ ।
वडा दशैमा यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जनाए । कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा, सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।
कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरीकाले मन्दीरमा प्रवेश गरीन्छ । सप्तमीको दिन पोखराको राम घाट वाट ल्याइएको फुल पत्र र कुँवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने प्रचलन रहेको छ । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरीन्छ ।