पोखरा, १० असोज । नेपाली कांग्रेसका नेता कुमार खड्काले कांग्रेसका कार्यकर्ताले राज्यबाट पाउने सुविधा लिने क्षमता नभएको बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सभाहल उद्घाटन तथा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा नेता खड्काले प्रक्रिया पु¥याउन समेत कांग्रेसी कार्यकर्तामा ज्ञानको अभाव भएकोले प्रदेश सरकारले दिन सक्ने सुविधा तथा बजेट प्रदान गर्न नसकिएको बताए ।
गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार सहरी तथा यातायात मन्त्रीसमेत रहेको खड्काले हरेक मन्त्रालयले समयमा निकाल्ने सुचनाका आधारमा कार्यक्रम तय हुने भन्दै ढिलो भनेर केही हुन नसक्ने बताएका हुन् ।
मन्त्रालयको सहयोगमा निर्माण भएको सभाहलको उद्घाटन गरेका मन्त्री खड्काले राम्रो काम भन्न नसक्ने, हुँदै नभएको घटनालाई ११ वटा जिल्ला सभापतिले पत्र लेख्नु लाजमर्दो भएको उनको भनाई थियो । नेका कास्की सभापति किश्वरदत्त बराल लगायत गण्डकी प्रदेशका ११ सभापतिले कर नबढाएको विषयलाई हचुवाको भरमा विज्ञप्ति निकाल्दै जनतालाई भ्रम बनाइ दिएको उल्लेख गरे ।
जनताले भनेको विषयमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर काम गरिरहेको बताए । एनटियुसी जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा आवद्ध प्रतिष्ठानका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको जिल्ला कोषाध्यक्ष शंकरबहादुर खत्रीले जानकारी दिए ।