पोखरा, ७ असोज ।
नेपाल ट्रेड युनियन कांग्रेसले बदलिँदो देशको राजनीतिलाई सफा अभियानमा जुटको बताएको छ । एटियुसी राष्ट्रिय समितिका उपमहासचिव राजेश पालिखेले देशको परिस्थिति गम्भिर मोडमा गएको बताएका हुन । उनले देश दुर्घटना हुनबाट बचाउन नेपाल ट्रेड युनियन कांग्रेसले संगठन निर्माण गर्दै राष्ट्रिय राजनीतिमा टेवा दिने बताए । देशभरबाट नेपाली कांग्रेसलाई दवाव दिन ३ सय ३५ जनाको नाम सिफारिस गरेर वर्गीय हितमा कदम चाल्ने बताएको हो ।
नेपाल टेलिकम वर्कर्स युनियन प्रादेशिक समिति गण्डकी प्रदेश पोखराको देस्रो अधिवेशन उद्घाटन सभामा व्यक्तिगत हितमा नलाग्ने नेतृत्व जन्माउन टेलिकम सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रदेश अध्यक्ष चन्द्रबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी प्रदेशका निर्देशक इन्दल यादवले संस्थाको हितमा युवा जोस र जाँगरलाई ध्यान दिँदै टेक्नोलोजीलाई ग्रहण गर्न आग्रह गरे ।
सवैको सहकार्यमा बजार व्यवस्थापन र बजारीकरणमा ध्यान दिने समय आएको बताएका यादवले ६ महिना भित्र गण्डकी प्रदेश भित्र सवै प्रकारका सेवा प्रभावकारी ढंगबाट विस्तार हुने बताए । वर्कर्स युनियनका केन्द्रीय सदस्य हेरम्बदेव भट्टराईले सामाजिक मुल्य मान्यतालाई स्थापित गराउँदै आएको युनियनले २९ बुँदे सम्झौता कार्यान्वयनसँगै सुपर भिजन र मनिटरिङलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
उद्घाटन सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले पेशाकर्मीको एकतामा जोड दिँदै नयाँ नेतृत्वलाई मिलाएर लैजान आग्रह गरे । सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थाको हित गर्न राज्यसँग लड्न सक्ने व्यवस्थापन र युनियन आवश्यक हुनु पर्ने धारणा राखे । धमलाले आउने नयाँ नेतृत्वलाई शुभकामना दिदै एकाकार भएर संस्थाको हितमा लाग्न आग्रह गरे । उद्घाटन सभामा नेपाल टेलिकम दुरसञ्चार कार्यालय पोखराका प्रमुख रबि मानन्धर, बाग्लुङका प्रमुख केशव शर्मा, दुर सञ्चार कार्यालय शिशुवाका प्रमुख शुभाष पौडेल, एनटिइएएनका उपाध्यक्ष माधव अर्याल लगायतले बोलेका थिए ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा गण्डकी प्रदेशका इकाई अध्यक्ष कुमोदकुमार महतोले स्वागत गरेको सभा एटिसिडब्लुयु गण्डकीका सचिव उमलाल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । सर्वसहमतिको प्रयास भइरहेको प्रदेश समितिमा ६० जना प्रतिनिधिले मतदानमा भाग लिने छन् । युनियनको निर्वाचन सम्पन्न गर्न मोहनपूर्ण सत्याललाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको गण्डकी समितिले जनाएको छ । सत्याल निर्वाचन अधिकृत रहेको समितिमा सञ्जिव महत र आरोग्य बज्राचार्य सदस्य छन ।
युनियनले गुणस्तरिय सेवा प्रवाह गर्न व्यवस्थापनलाई आग्रह गर्दै आएको छ । टेलिकममा व्यवस्थापनबाट भएको कामको ढिलासुस्तीलाई ध्यान दिँदै कार्यक्षमतामा कमजोरी गरे कसैलाई नछोडने जनाएको छ । कार्यालयमा चालु परियोजनालाई समयसीमा भित्र सम्पन्न गर्न खवरदारी गर्दै आएको युनियनले आगामी दिनमा सवैसँग हातेमालो गर्दै अब्बल कार्यालय, खुसी र सुखी कर्मचारी बनाउने अभियानमा लागेको सचिव उमलाल अधिकारीको प्रतिवदेनमा उल्लेख छ । अधिकारीले संगाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।