पोखरा, ३० भदौ ।
पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको पोखरा लर्नस एकेडेमीले ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ बाल दिवस मनाएको प्रिन्सिपल विधान गौतमले बताए । विद्यालयले विद्यार्थीबीच विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।
विद्यार्थी तथा शिक्षकलाई पुनर्ताजगी तथा मनोटोमसबाट टाढा रहने कार्यक्रम आयोजना गरेको गौतमको भनाई छ । विभिन्न रचनात्मक कार्य गर्दै आएको लनर्स एकेडेमीले विद्यार्थी र शिक्षकबीच सुमधुर सम्बन्ध बनाउने शैलीमा बाल दिवस मनाएको भाईस प्रिन्सिपल उष्णा गौतमले जानकारी दिइन ।
विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा भाग लिन विद्यार्थीलाई उत्प्रेरणा गरिरहेको छ । प्रभावकारी खेल मैदान, विद्यार्थी मैत्री स्कुल बस सेवा रहेको विद्यालयले दिवस मनाउने क्रममा रचनात्मक प्रस्तुती रहेको विद्यालयले जनाएको छ ।