शिशिर पौडेल
पोखरा २९ भदौ ।
पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा देखि के आई सिंह पुलसम्म नाला सहितको फुट ट्रयाक निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट सडकको दुवै भागमा नाला सहितको फुट ट्रयाक र साईकल ल्याण्ड निर्माण हुने भएको हो ।
बुधबार महेन्द्र गुफामा प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गरे । मन्त्री खड्काले कास्कीको उत्तरी भेगको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिँदै विकासका काममा सबैको एकमत हुनुपर्ने बताए । पुर्वाधार कार्यालयका प्रमुख डा ई महेन्द्र बानियाँले योजनाका बारेमा जानकारी दिदै फुट ट्रयाकको निर्माण पछि यस क्षेत्रको मुहार फेरिने बताए ।
पोखरा १६ का कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गुफा अभियन्ता गोविन्द वहादुर वस्नेत, निर्माण व्यवसायी वलबहादुर राना, यमबहादुर कार्र्की लगायतले पोखरा १६ को विकासका लागि प्रदेश सरकारको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । आगामी २ वर्ष भित्र निर्माण सम्पन्न हुने फुट ट्रयाक, नाला र साईकल लेन निर्माण हुने छ ।