पोखरा, १६ भदौ ।
सिद्ध पब्लिक कलेज पोखरा १५ नयांगाउंको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष मिनबहादुर गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनले भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमको अध्यक्षतामा नयां कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रमुख संरक्षक भक्त बहादुर खत्री, कोषाध्यक्षमा प्रमुख संरक्षक शिव बहादुर वानियां, वरिष्ठ सदस्यमा संरक्षक मिन बहादुर गिरी सहित सदस्यहरुमा संरक्षक तथा पोखरा १५का वडा अध्यक्ष तोरणबहादुर वानिया, सिनेटर सदस्य प्रकाश पौडेल सहित ६ सदस्य सञ्चालक समिति गठन भएको छ ।
सभा उद्घाटन गर्दै पोखरा १५ का अध्यक्ष तोरण बहादुर वानियांले स्थानीय सरकारले कलेजलाई पूणर् सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सामुदायिक कलेज सिद्ध पब्लिक कलेजलाई नयां ढंगले सञ्चालन गरेर समुदायको उत्कृष्ट कलेज बनाउनु नयाँ नेतृत्वलाई आग्रहसमेत गरे ।
कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतम, भवन निर्माण समितिका संयोजक शिव बहादुर वानियां, क्याम्पस प्रमुख भिमराज पुन, सञ्चालक समितिका उपाध्यक्ष तथा प्रमुख संरक्षक भक्त बहादुर खत्री, प्राध्यापक पवित्रमणी भण्डारी र श्री सिद्ध माविका प्रअ गुरुदत्त कोइराला लगायतले बोलेको समाजसेवी दिनेश आचार्यले जानकारी दिए ।