पोखरा, १६ भदौ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको उम्मेदवार आकांक्षा तीव्र बढेको छ । नेपाली कांग्रेसले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाका लागि आफ्ना उमेदवारको नाम संकलन गर्ने निर्देशन दिएसँगै आकांक्षा गर्नेको बढेको हो । देश भरका प्रतिनिधि सभा १६५ र प्रदेश सभा ३३० क्षेत्रमा उम्मेदवारको इच्छुकता ह्वात्तै बढ्न पुगेको छ । उम्मेदवारले नाम सिफारिसका लागि जिल्ला तहमा दावा र दावी गरी रहेका छन ।
कास्की जिल्लाले पनि इच्छुकहरुको नाम संकलन सम्पन्न भएको छ । कास्की क्षेत्र नं ३ (१) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसका माहाधिबेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री लगायतको दाबी रहेको कांग्रेसले जनाएको छ । क्षेत्रको लागि महासमिति सदस्य खुशिमान गुरुङ, नगर सभापति सुरेन्द्रमान विजुक्छे, मिना सुवेदी, विष्णुप्रसाद अधिकारी, उमेश पराजुली, शंकर ढुंगाना, दीपक पौडेल लगायतले आफ्नो नाम सिफारिसका लागि निवेदन दिएको छन ।
आकांक्षी मध्ये एक उम्मेदवार विष्णुबहादुर क्षेत्रीले बढी नै मेहनेत गरेको पाइएको छ । २०४७ सालदेखि पृथ्वीनारायण माविमा नेपाल विद्यार्थी संघको संस्थापक सभापति बन्दै राजनीति सुरु गरेका क्षेत्रीले विद्यार्थी राजनीतिबाट नै उदाएका हुन् । २०४८ मा क्षेत्रीय सद्स्य, २०५१ क्षेत्रको उपसभापति, २०५२ मा पृथ्वीनारायण क्याम्पसको सदस्य, २०५३ मा पृथ्वीनारायण क्याम्पस नेवि संघको कोषाध्यक्ष र क्षेत्रको उपासभापति २०५५ मा क्षेत्र न ३ को सभापति, २०५६ को निर्वाचन मा विद्यार्थी परिचालन समितिको संयोजक पदमा रहँदै राजनीतिलाई निरन्तरता दिएका हुन् ।
पार्टीको राजनीतिमा २०५१ देखि गाउँ इकाई समितिको सचिव पदको जिम्मेवारी वहन गरेका क्षेत्री कास्की क्षेत्र नं ३ सहसचिव २०६१, संविधान सभा पहिलो निर्वाचनमा युवा परिचाल समिति संयोजक बनेका उनी नेपाली कांग्रेसको १३ माहाधिवेशनबाट जिल्ला सदस्य पदमा विजयी बनेका हुन ।
सरल र मिजासिलो स्वाभावको क्षेत्रीले १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भुमिका निर्वाह गर्दै आएका विष्णु स्थानीय विकास समिति, विद्याललय, युबा क्लब, लायन्स लगायत समाजिक संघसंस्थामा क्रियाशील छन् ।
पत्रकारिता विषयमा एमए उत्तीणर् क्षेत्रीले राजनीति र समाजसेवामा लामो समय विताएका छन् । हालै कार्यरत संस्था प्रभु टेलेभिजनको सिइओ पदबाट राजिनामा दिएर शैक्षिक सुधारको मुद्दा बोक्दै राजनीतिमा होमिएका हुन् । विष्णु क्षेत्रीले आजको आवश्यकतालाई ध्यान दिँदै दुरदर्शीता, कार्यमा पारदर्शिता, उत्पादनमा कृषि, पर्यटन र प्रकृतिको सहभागितामा जोड दिने मुख्य मुद्धा बोकेका छन् । कास्की क्षेत्र नं ३ मा उनको उम्मेदवारी कांग्रेसले जीत निकाल्ने योजना समेत बनेको चर्चा भएको छ ।