पोखरा १० भदौ ।
नेकपा एमाले पोखरा महानगर कमिटी वडा नम्वर १० को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय अनुसाशन आयोगका सदस्य मीत्र कुमारी गुरुङ सुवेदीले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा पार्टीले ३३ प्रतिशत महिला उमेदवार वनाउनुपर्ने वताइन् । नेकपा एमाले महिला हिंसा न्युनीकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएको वताउँदै अवको प्रदेश र संघको निर्वाचनमा एमालेको बिकल्प नरहेको वताइन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले जनताको बहुदलीय जनवादको अभ्यास गर्दै मुलुकलाई समाजवाद तर्फ लैजानुपर्ने वताउदै अपवित्र गठवन्धनको सरकारले मुलुकलाई धारासायी वनाउदै लगिरहेको आरोप लगाइन । गठबन्धन सरकारले बिकासको काम भन्दापनि कार्यकर्ता भर्ती गराउने गरी काम गरिरहेकाले कार्यकर्ताले भण्डाफोर अभियान चलाउनु पर्ने बताइन । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सचिव माधव वास्तोला, जिल्ला कमिटीको अध्यक्ष मन बहादुर गुरुङ, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य राम बहादुर थापा मगर, प्रदेश कमिटी सदस्यहरु गंगा कुंवर, हिमालय बख्रेल, महानगर कमिटीको अध्यक्ष दीलिप न्यौपाने, जिल्ला कमिटी सदस्य बालाकृष्ण शर्मा, महानगर कमिटी सदस्यहरु लिलाधर अधिकारी, सीता कुमारी भुषाल, लज्जवति दुरा, मानबहादुर थापा मगर लगायतले धारणा राखेका थिए ।

नेकपा एमाले पोखरा महानगर कमिटि वडा नम्बर १० को अध्यक्ष सूर्य बहादुर बानियाको अध्यक्षता सम्पन्न कार्यक्रममा वडा कमिटी १० का उपसचिव जानुका अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन कार्यक्रम सञ्चालन सचिव राजु श्रेष्ठले गरेका थिए । प्रशिक्षण कार्यक्रम पश्चात महिला दिदी बहिनीहरु बीच दरखाने कार्यक्रम सम्पन्न भएको थियो ।