पोखरा, २ भदौ ।
पोखरा लर्नस एकेडेमीमा अध्ययनरत विद्यार्थी वातावरण जोगाउन भन्दै सरसफाई क्रियाकलापमा जोडिएका छन । कक्षा ८, ९ र १० का विद्यार्थीले वातावरण जोगाउन सचेतना फैलाउने उद्देश्यले केदारेश्वर मन्दिर क्षेत्रमा सफाई गरेका हुन् । वातावरण समूह शिक्षक कमला गुरुङको संयोजकत्वमा विद्यार्थीले सफाई कार्यमा भाग लिएका थिए ।

विद्यार्थीको जागरुकता र सक्रिय सहभागिताले स्थानीय क्षेत्रमा नागरिकले समेत अनुभूति गरेको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए । विद्यार्थीलाई आफूहरुले जानकारी दिने र प्रेरणा थप्ने गरेकाले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट सहभागिता जनाउँदै आएको उप-प्राचार्य उष्णा गौतमले बताइन् । एकेडेमीमा आवद्ध शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा केदारेश्वर मन्दिर सभाहलमा ज्ञान समेत प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले विगत वर्षदेखि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । विहीबारको फोहर सङ्कलन कार्य केदारेश्वर मन्दिरको गेटबाट सुरु गरेर मुख्य बाटोको दायाँ बायाँ हुँदै मन्दिरको वरिपरि तथा मन्दिरको भित्री भागमा समेत गरिएको विद्यार्थी गंगा रानाले जानकारी दिइन । विद्यार्थीले ४२ वोरा फोहोर संकलन गरि उचित व्यवस्थापन गरेका थिए ।

विद्यार्थीले कुहिने र नकुहिने फोहोर छुट्याइ पोखरा महानगर पालिकाको सहयोगमा फोहोर व्यवस्थापन भएको थियो । विद्यालयले ॅसके सफा गरौं, नसके फोहोर नगरौं’ भन्ने नारा तय गरेर विद्यार्थीहरुलाई आदत तथा वानी वसाल्ने कार्यमा प्राचार्य गौतमले उप्रेरणा दिएका थिए । कार्यक्रममा १ घण्टा केदारेश्वर मन्दिरका गुरु लेखनाथले बानी, आचरण, धर्म, संस्कृति र शिक्षा भित्र रहेका विभिन्न सिकाईका अवधारणाहरु राखेका शिक्षक गोगेनसन दर्जीले जानकारी दिए ।