पोखरा २९ साउन
पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । हिरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी ईन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, ई. कोमलप्रसाद तिमिल्सिना, दशरथ गौतम, ज्ञानबहादुर केसी र टेकनाथ काफ्ले लाई सम्मान गरेको हो । कार्यक्रममा पहिलो प्रवेशिका परीक्षा २०२१ सालमा सहभागी नरहरी भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल, शालिग्राम अधिकारी, पूर्व विद्याथी संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव एवं नायव महालेखापरीक्षक महेश्वर काफ्ले, विन्ध्यवासिनी उच्च माविका संस्थापक प्राचार्य नरहरि भट्टराईसहित विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन खटिने विद्यालयका ६६ जना शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यायातात व्यवस्था मन्त्री कुमार खड्का, प्रदेश नं १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सम्मान पत्रले सम्मान गरेका थिए । सभामा विद्यालयमा दश जोड दुई स्थापनाकालिन शिक्षक निर्मल सापकोटा, भोजबहादुर थापा, राजेन्द्रबहादुर देवकोटा, महेन्द्र रिमाल, श्रीधर न्यौपाने र धनेश्वर रखाल सम्मनित भए । त्यस्तै विद्यालय व्यवस्थापन समितिबाट दिईने अध्यक्ष पदक विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बाँनियाले प्राप्त गरे । त्यस्तै २५ वर्ष स्थायी सेवा सम्मान बाट प्रधानाध्यापक कृष्णप्रसाद आचार्य पार्वती वाँनिया, दीर्घ सेवा सम्मानबाट लेखापाल भीमबहादुर गायक र टोपली गायक, १५ वर्षे सेवा सम्मानबाट ईश्वर खडका र महेन्द्रप्रसाद पौडेल, १० वर्षे सेवा सम्मानबाट सपना रेग्मी, सविता अधिकारी र उत्कृष्ट कर्मचारीको रुपमा चमेरे गुफामा कार्यरत सरिता थापा कार्की सम्मानित भएका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नेपाली कला र संस्कृति झल्कने नृत्य र नाटक प्रस्तुत गरेको कार्यक्रमको संचालन शिक्षक ईन्दु भट्टराईले गरेकी थिईन । नेपालमै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट बन्न सफ विन्ध्यवासिनी माविको नवनिर्मित भवन तथा हीरक जयन्तीको समापन यही श्रावण ३१ गते राष्ट्रपती विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा हुने बताईएको छ ।