पोखरा, २६ साउन ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले नेपाल विद्युत प्राधिकरण आजको स्थानमा आउनु कर्मचारीको हात रहेको बताएका छन । प्राधिकरणले दिएको सेवा भनेकै कर्मचारीले दिने सेवा भएको बताए । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा नेविप्रा कर्मचारी संघ गण्डकी प्रदेशद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्दैै प्राधिकरणका नेता भट्टराईले कर्मचारीको सेवा र सुविधामा कसैसँग सम्झौता नगर्ने बताए । नेता भट्टराईले सावधिक जीवन बीमा योजनालाई ८४ महिना पु¥याउन कर्मचारी संघले ठूलो भुमिका खेलिरहेको बताए ।

प्राधिरकणको सहायक कम्पनीहरुमा सुधारको अवस्थामा ल्याउन ट्रेड युनियनले महत्वपूर्ण भुमिका खेलेको स्मरण गरे । नेता भट्टराईले हाजिरीजवाफ जस्तो वौद्धिक स्तरको कार्यक्रम गरेर संघले प्राधिकरणको उचाईलाई माथि लगेको भनाई व्यक्त गरे । कर्मचारी संघ गण्डकी प्रदेशका अध्यक्ष देशबन्धु श्रेष्ठको अध्यक्षतामा भएको सभामा नेविप्रा प्रादेशिक प्रमुख केदारराज सिलवालले कर्मचारी संघले रचनात्मक कार्य गरेकामा धन्यवाद दिएका थिए । कार्यक्रममा संघका पूर्व सहअध्यक्ष प्रमिला ढुंगानाले देश परिवर्तन र उज्यालो बनाउने प्राधिकरणलाई कर्मचारी संघले नै सवै ट्रेड युनियनलाई एकताबद्ध बनाउँदै यहाँसम्म आइपुगेको बताईन् । उद्घाटन सभामा नेविप्रा पोखरा वितरण केन्द्रका निमित्त प्रमुख लक्ष्मीकेशर अगञ्जाले सवैको साथ र एकतालेमात्र विद्युत प्राधिकरणले उपभोक्तालाई सेवा दिन सक्ने बताए । कार्यक्रममा नेविप्रा कर्मचारी युनियन गण्डकी प्रदेश संयोजक नारायण पन्थी, नेविप्रा राष्ट्रिय कर्मचारी युनियनका कावा अध्यक्ष राजेन्द्र हमाल लगायतले शुभकामना दिएका थिए ।

संघले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रदेश भरबाट १३ समूहले भाग लिएको उपसमिति संयोकज मातृका तिमिल्सिनाले जानकारी दिए । उपसमितिमा सुरेन्द्र शर्मा र अर्जुनप्रसाद तिवारी सदस्य रहेको कर्मचारी संघका पूर्व क्षेत्रीय सदस्य कौशिला सापकोटाले जानकारी दिइन् । हाजिरीजवाफ प्रतियोगितामा सहभागी टिम मध्ये तातोपानी वितरण केन्द्र पहिलो बनेको छ । प्रतियोगितामा स्याङ्जा वितरण केन्द्र दोस्रो बनेको थियो भने कावासोती वितरण केन्द्रले तृतीय स्थान हासिल गर्दै पुरस्कार प्राप्त गरेका थिए । १ सय ६० वटा समसामयिक सोधिएको प्रश्नबाट पुरस्कृत समूह छनौट गरिएको थियो ।
पुरस्कार ग्रहण सभामा प्रथम हुने समूहका टोली प्रमुख गणेशकुमार खनालले खुसी व्यक्त गरे । यस्तै दोस्रो हुने स्याङ्जा वितरण केन्द्रका टोली प्रमुख विष्णु न्यौपानेले आगामी दिनमा हुने हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने वाचा गरेका थिए ।