पोखरा, २४ साउन । विश्वब्यापी रुपमा मानव अधिकारको संरक्षण र संबर्द्दन गर्दै आएको संस्था एम्नेस्टी इन्टरनेसनल नेपाल कास्कीले नीति, रणनीति र योजना तर्जुमा सल्लाह समितिको सदस्यमा मनोनित भएका समुह ८२ का पूर्व अध्यक्ष तथा सल्लाहाकार वसन्त सुवेदी, पोखरा विश्वविद्यालयको सह (प्रशासक, लेखा पदमा बढुवा भएका कार्य समिति सदस्य तेज नारायण पराजुली र वडा शिक्षा समिति सदस्यमा शुभेच्छुक संस्था डिज्निल्यान्ड एकेडेमीका प्रअ तथा समूहका सचिव नरेश बराललाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । समूह ८२ का कास्की संयोजक मिना थापाको अध्यक्षतामा भएको सभामा कार्यकाल सफलताको कामना गर्दै समूहको गरिमालाई थप उचाईमा लैजान आग्रह गरिएको थियो । संस्थाले मानव अधिकारको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रियरुपमा स्थापित संस्थाको नेतृत्व मिना थापाले गरिरहेकी छिन ।