काठमाडौं, १९ साउन । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निणर्य गरेको छ । बिहीबार बसेको मन्त्रिपरिसदले मिति घोषणा गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने तय गरेको हो । आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।