पोखरा, १८ साउन ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । पोखरा ११ रानीपौवाका प्रधान कार्यालय रहेको सयपत्री बचत तथा ऋण सहकारीले स्थापनाको अवसरमा आयोजना गर्दै आएको खुल्ला रक्तदानको तयारी पुरा भएको सहकारीका अध्यक्ष रवीन्द्र बास्तोलाले जानकारी दिए ।
सहकारीको १३ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको रक्तदान कार्यक्रमका संयोजक वसन्तराज कोइरालाले जानकारी दिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग, मानविय उद्धार तथा सरकारी नीति तथा योजना अनुरुप विभिन्न कार्य गर्दै आएको छ ।
सहकारीले विद्युतीय चुल्होसमेत वितरण गर्ने योजना बनाएको छ । आफ्ना प्रत्येक सेयर सदस्यलाई सरकारको लक्ष्य अनुरुप सहकारी अघि बढ्नु पर्छ भन्ने मान्यताले निशुल्क रुपमा इन्डक्सन चुल्हो वितरण गर्न लागिएको सहकारीका अध्यक्ष रवीन्द्र बास्तोलाले जानकारी दिएका छन । सहकारीले प्रत्येक वर्ष साउन १९ गते खुल्ला रक्तदान कार्यक्रम गर्दै आएको छ ।