पोखरा, १२ साउन ।

पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरेका हुन् ।
महानगर प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जीवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिए ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुणर् अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुणर् सहदुपयोग गर्ने बताए । उनका अनुसार १८ सिट क्षमता भएको गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुणर् अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ ।