पोखरा, १२ साउन ।
राष्ट्रिय परीक्षा बोर्डमा सामेल भएको पोखरा लर्नस एकेडेमीका विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन । राष्ट्रिय परीक्षा बोर्डमा सामेल भएको पोखरा ७ स्थित पोखरा लर्नस एकेडेमीले समग्ररुपमा विद्यालयको गरिमा बढेको दावी गरेको छ । विद्यार्थीको मेहनेत सवैभन्दा पहिलो प्राथमिकता पर्ने बताउँदै आएको विद्यालयले पोखराको व्यस्त बसोबासमा गर्ने अध्ययन र सिकाईमा धेरै फरक पर्ने विद्यालयका प्रिन्सिपल विधान गौतमले बताए । कोभिड कालमा अनलाईन कक्षा गर्नुपर्ने, अभिभावकसँग कम कुराकानी हुने, शिक्षक साथीहरुलाई नेट असहज अर्थात बत्तीको समस्यामा पर्ने, सवै विद्यार्थीलाई घरायसी वातावरण नमिल्ने हुँदा हुँदै पनि विद्यालयले विद्यार्थीको भविष्य र आगामी शैशिक यात्राको लागि थप मेहनेत गरेको गौतमको भनाई छ ।
देशभर एसईइको नतिजा कमजोर भनिरहँदा पोखरा लर्नस एकेडेमीबाट ए प्लास ल्याएर विद्यालयको गरिमा उचो बनाएको विद्यालयले जनाएको छ । पोखरा लर्नस एकेडेमीबाट परीक्षामा सहभागि विद्यार्थीमध्ये १ जना विद्यार्थीलेमात्र बि श्रेणी प्राप्त गरेको छ भने बाँकी विद्यार्थीले ए र ए प्लस नतिजा प्राप्त गरेका छन । पारिवारिक एवं शैक्षिक वातावरण भएकाले विद्यार्थीको मनोवल उच्च रहेको प्रिन्सिपल गौतमले बताए । उनले आगामी दिनमा खेल लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीको रुची अनुरुप कक्षा थपिने समेत बताए ।
राम्रो खेलमैदान भएको, प्राक्टिकल्ली वातावरणमा सिकाई रहेको, विशेष गरी अन्तक्र्रियात्मक शैली अपनाइएकोले विद्यार्थी र अभिभावकको पोखरा लनर्स थप रोजाईमा परेको गौतमको दावी रहेको छ । एसईइ उत्तिणर् विद्यार्थीलाई शुभकामना दिँदै गौतमले आगामी शैक्षिक यात्रा सफल, व्यवहारमुखी र नतिजा उन्मुख बनोस भन्ने कामना समेत गरेका छन । विद्यालयले अभिभावकलाई दिने प्रशिक्षण, शिक्षकलाई दिने तालिम र विद्यार्थीलाई दिने ज्ञानले सिंगो विद्यालय परिवार नतिजामा खुसी भएको उल्लेख गरेको छ ।