पोखरा, ११ साउन ।
पोखरा महानगरपालिका ११ स्थित सिद्वेश्वर महादेव मन्दिर फूलबारीले साउन महिनाको हरेक सोमबार महाआरती गर्दै आएको छ ।
विनायक स्टिल फर्निचरका प्रोपाइटर विन्य पराजुलीले आफ्नो जन्मदिनको अवसर पारेर पारिवारिक जमघटको तथा महाआरतीलाई प्राथमिकता दिएका हुन । आर्थिक सहयोग गरेका पराजुलीको कार्यक्रममा गण्डकी प्रदेशका संघीय मामिला तथा कानुन मन्त्री विन्दु कुमार थापाले धार्मिक कार्यले मन सफासँगै समाज एकताबद्ध हुने बताए ।
सिद्वेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार गण्डकी प्रदेशका सचिव हरिप्रसाद वास्तोला, वडा न ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, निवर्तमान वडा अध्यक्ष मोहनप्रसाद वास्तोला, मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टीकाराम वास्तोला, फूलबारी क्लवका अध्यक्ष हरिश्चन्द्र वास्तोला, वडा सदस्य सुशील वास्तोला लगायत श्रद्वालु भक्तजनले महाआरतीमा भाग लिएका थिए ।
पण्डित महेन्द्र पौडेलले महाआरतीको महत्व प्रकाश पार्दै आरतीको शुभारम्भ गरेको कार्यक्रमको संचालन मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद वास्तोलाले गरेका थिए भने समितिका उपाध्यक्ष केदारनाथ वास्तोलाले सहभागी भक्तजनलाई स्वागत गरेको समाजसेवी जनार्दन बास्तोलाले जानकारी दिए ।