काठमाडौं, १० साउन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानका मानार्थ सदस्य डिपि काप्रीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई विभिन्न सहयोग गरिरहेका छन । एनआरएनको भुमिकामा रहेका काप्रीले नेपाल लगायत अन्य देशमा रोजगारी सिर्जना गर्नेदेखि अफ्ठ्यारोमा पर्दै आएका नेपालीलाई उद्धार तथा सहयोग गर्दै आएका छन । धादिङ घर भई जापान रहँदै आएका काप्री धादिङ समाज जापानमा समेत आवद्ध छन ।

उनले नेपालमा रोजगारीको वातावरण मिलाउन कृषि कार्यलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा रहेपनि नेपाल र नेपालीको हितमा आफू क्रियाशील भएर लाग्ने बताउने काप्रीले धादिङ र चितवन लगायतका जिल्लामा कृषि फर्मको तयारी गरिरहेको बताउँदै आएका छन् । स्वच्छ एवं मितव्यायी विचार बोक्ने काप्री देशको विकास गर्न नयाँ योजना र कार्यक्षमताको कमजोरी भएको बताउँछन ।