काठमाडौं, १० साउन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका छन । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।
‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ ।’खुल्ला विश्वविद्यालयको डिन नियुक्तीमा ढिलाई भएको प्रध्यापक संघका पदाधिकारीहरुसँग सुझाव मागेका थिए । प्राध्यापक संघले शिक्षा क्षेत्रमा राजनीति नगरी भविष्यको चिन्ता गर्न आग्रह गर्दै आएको छ ।