पोखरा, १० साउन ।
श्रम अदालत काठमाडौंले रुपाकोर्ट रिसोर्टमा काम गर्नै मजदुर हरि थापालाई न्याय दिलाएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको अगुवाईमा श्रमिक हरि थापालाई न्याय दिलाउन सफल भएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले जनाएको छ । कास्कीको रुपाकोट रिसोर्टबाट निकालिएका श्रमिकले आफुले दावी गरे अनुसारको केही रक़म प्राप्त गरेका हुन ।
कोभिड-१९ को महामारी चलिरहेको बेला होटलका कर्मचारी सहित अन्यलाई कोरोना सारेको अभियोगमा रिसोर्टले हरि थापालाई निकालेको थियो ।
थापाले पोखरा स्थित श्रम कार्यालय र नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा निरन्तर रुपमा न्यायको लागि अपिल गरेअनुरुप सुनुवाई नभएपछि उनी बाध्य भएर श्रम अदालत नै जानु परेको थियो ।
मुद्धा चल्न थालेपछि पीडा भोगेका कर्मचारी थापालाई नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति र नेपाल पर्यटन तथा होटल श्रमिक संघको राष्ट्रिय समितिको पुणर् सहयोगमा श्रमिकलाई राहत मिलेको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष कमलबहादुर सापकोटाले जानकारी दिए ।
थापाको मुद्दामा ट्रेड युनियनको न्यायिक समिति मार्फत अधिवक्ता भुवन प्रसाद वाग्लेले बहस गरेका थिए । कुल ५ लाख ८० हज़ार आफुले पाउनुपर्ने माग दावी सहित होटल व्यवस्थापन बिरुद्द कर्मचारी थापाले मुद्दा दिएको थिए ।

थापाको पक्षमा श्रम अदालतले निणर्य गरेपछि होटल व्यवस्थापनको तर्फबाट ४ लाख रुपैया दिन तयार भएकोमा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल समेतको पहलमा होटल व्यवस्थापनले १ लाख रुपैयाँ थप गरी ५ लाख रुपैया दिएको श्रमिक थापाले बताए ।
होटलका संचालक नेकपा एमाले निकट भएको र कर्मचारी थापा नेपाल ट्रेड युनियन कांग्रेसको सोही होटलको इकाई अध्यक्ष समेत रहेकोले राजनीतिक पुर्वाग्रह राखेर आंफुलाई हटाईएको उनको दावी थियो ।
श्रम अदालतको फैसलाले आफुले न्याय पाएको अनुभुती गरेका छन । तनहुं घर भएका थापा कोरोना महामारिको समयमा होटलको जागिरबाट निकालिएका थिए । होटल संचालक पुष्प अधिकारीको प्रतिनिधिको रुपमा दिपेश अधिकारीले ५ लाख रुपैयाँको चेक होटल व्यवस्थापन बाट थापालाई हस्तान्तरण गरेका थिए । थापाको पक्षमा ट्रेड युनियन कांग्रेस कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल, वर्तमान अध्यक्ष विजयराज भण्डारी र निवर्तमान अध्यक्ष कुलदेवी बराल लगायतले विशेष पहल गरेको थापाको भनाई छ ।