पोखरा, ८ साउन ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले वीपी कोइरालाको ४० औं स्मृति दिवसमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रगतको अभावलाई सन्तुलित बनाउन कार्यक्रम आयोजना गरिएको सचिव टुवराज बास्तोलाले जानकारी दिए ।
सभापति शुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा भएको सभामा प्रदेश कानुन मन्त्री विन्दुकुमार थापाले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम सुरुआत गरेका थिए । मन्त्री थापाले वीपीबाट सिक्नु पर्ने विचार, नैतिकता, इमान्दारिता, राष्ट्रियता र प्रजातन्त्रको मन्त्र कालजयी भएको बताए । कार्यक्रममा माधवप्रसाद बास्तोला(मधू), संविधान सभा सदस्य शारदा पौडेल, कृष्णकुमारी परियार, क्षेत्रीय सभापति केशर निर्दोषी, नेता राजेन्द्रमणि लामिछाने, नेतृ लक्ष्मी पाण्डे, कार्यक्रम संयोजक सम्मरबहादुर श्रेष्ठ, सचिव टुवराज बास्तोला लगायतले बोलेका थिए । कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए ।