काठमाडौं, २ साउन । ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा व्यवसायी सहदेव धमला निर्वाचित भएका छन् । उनले ६८३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र श्रेष्ठले ५२५ मत प्राप्त गरेका छन् ।
संस्थाको २५,२६ र २७औं साधारण सभामा नयाँ कार्यकालको लागि निर्वाचन भएको थियो ।
धमला भविश्वर शर्माको प्यानलबाट विजयी भएका हुन् । अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । उनले ७७२ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी धु्रव अधिकारीले ५६८ मत ल्याएका छन् ।
शर्माको टिममा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन गरेका थिए । धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङ–११ मा जन्मिएका धमलाले विगत १८ वर्षदेखि राजधानीको ठमेललगायतका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका छन् ।
ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, अन्य होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।
स्नातकोत्तर सम्मको अध्ययन गरेका धमला ठमेल पर्यटन विकास परिषदका पुर्व कार्य समितिका सदस्य पनि हुन् ।
विभिन्न समाजसेवामा आबद्ध व्यवसायी धमलासँग ओमेन इमपावरमेन्ट अभियानअन्तर्गत नुवाकोट मौरीपालनको संयोजक समेत भएर काम गरेको अनुभव छ ।